प्रजातान्त्रिक योद्धा प्रेम राईको निधन


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


झापा – झापाका पुराना राजनीतिज्ञ तथा लोकतन्त्रवादी योद्धा प्रेम राईको निधन भएको छ। कांग्रेस नेता राईको ७७ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो। छोरा बालजीत राईका अनुसार मिर्गौलामा स्टोन भएपछि उनी शल्यक्रियाका लागि काठमाडौं गएका थिए। प्रेसर र सुगरका बिरामी राईको सुगर कम हुँदा शल्यक्रिया हुन सकेको थिएन। उनको छोरीकै घरमा मृत्यु भएको हो। हृदयघातका कारण मृत्यु भएका उनको शव अहिले दिउँसो काँकडभिट्टा ल्याइँदै छ। उनका श्रीमती जुनु, तीन छोरा र तीन छोरी छन्।

के गरेका थिए राइले?

बिपीले काका भन्ने बुवा धनवर्ण राईसँगै प्रेम प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए। बुवा बिपीका सहयोद्धा भएकाले उनको बिपीसँग पनि निकट सम्बन्ध थियो। बिपी निकट उनी पञ्चायतविरुद्धको आन्दोलनमा २०१८ सालमा सात वर्ष भारत निर्वासित भएका थिए।

उनले निर्वासनमा हुँदा भारतमा बसेर कांग्रेसको संगठन निर्माणमा खटिएका थिए। २०४६ सालको जनआन्दोलन तथा विभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलनमा नेता राईको अग्रणी भूमिका थियो। कांग्रेस मेचीनगरका पूर्वसभापति, दुई पटक महासमिति सदस्यसमेत रहिसकेका नेता राईले काँकडभिट्टा माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षलगायत विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व प्रदान गरेका थिए।

उनको पार्थिव शरीरमा झापामा रहेका केन्द्रीय सदस्य तथा पार्टी सभापति उद्धव थापाले झण्डा ओढाउने र अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम रहेको कांग्रेस युवा नेतासमेत रहेका बालजीतले बताए।

यस्तो लेखे कांग्रेस प्रवक्ता शर्माले

भाइको निधन भएको दुई महिनामा दाइको बिदाई! बिपी कोइरालाका सहयोद्धा धनवर्ण राई जसलाई सबैले ‘काका’ भन्दथे र स्वयं बिपीले पनि काका भन्नुहुन्थ्यो। उनै धनवर्ण राईका छोरा नेपाली कांग्रेसका अग्रज नेता प्रेम राई आफ्नो भाई तमर राईको निधन भएको दुई महिना पुग्दै गर्दा दिवंगत हुनुभयो। पूर्वी झापा काँकडभिट्टाका एक निस्ठावान, सरल र बौद्धिक व्यक्तित्व प्रेम राई काकाप्रती हार्दिक श्रद्धाञ्जली। स-परिवारमा हार्दिक समवेदना!!


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको