संयुक्त सरकार गठनको समयसीमा आज सकिँदै : देउवालाई बहुमत पुर्‍याउनै सकस


विचार
आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरूलाई दिएको समयसीमा आज सकिँदै छ। २७ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार गठन गर्न आह्वान गरेकी थिइन्। भण्डारीले सरकार गठनका लागि आह्वान गरे अनुसार दलहरूले राति ९ बजेसम्म दाबी पेश गर्नुपर्ने छ। तर, वैकल्पिक सरकार गठनका लागि दलहरूबीच सहमति जुट्न सकेको अवस्था छैन।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा) को बाबुराम–उपेन्द्र समूह वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका छन्।

तर, जसपाकै महन्थ–राजेन्द्र पक्ष प्रधानमन्त्री ओलीलाई नै सघाउने पक्षमा उभिएपछि बहुमतको सरकार बन्ने सम्भवाना क्षीण प्रायः भएको छ।

किनभने, कांग्रेस, माओवादी केन्द्र र जसपा (बाबुराम–उपेन्द्र) का सांसदहरूको समर्थनले बहुमतका लागि १३६ पुग्ने अवस्था देखिएको छैन। बहुमतको संख्या पुर्‍याउन सकस परेपछि सरकारको नेतृत्वका लागि अगाडि बढेको कांग्रेस अहिले अप्ठ्यारोमा परेको छ।

त्यसैले सरकार गठनको अभ्यासमा जुटेका तीनवटै दल अब एमालेको माधवकुमार नेपाल पक्षसँग सहकार्य खोजिरहेको छ। ओली नेतृत्वको सरकारलाई जसरी पनि विस्थापित गर्ने पक्षमा उभिएका माधव नेपाल समूहका सांसदले राजीनामा दिएको अवस्थामा मात्रै बहुमतको सरकार बन्ने सम्भावना रहन्छ।

सत्तासमीकरणको निर्णायक शक्ति जसपा एक भएर निर्णय नगरेको अवस्थामा बहुमतको सरकार गठनका लागि माधव पक्षीय नेताहरूको राजीनामा मात्र एक विकल्प देखिएको छ।

प्रतिनिधिसभामा हाल कायम संख्या २७१ हो। नेपाल पक्षका २८ सांसद छन्। उनीहरूले सामूहिक राजीनामा गरेको खण्डमा संसदमा २४३ सांसद संख्या कायम हुन्छ। र, सरकारको लागि दाबी गर्ने दलले १२१ सांसदको समर्थन पाएको अवस्थामा सरकार बन्न सक्ने सम्भावना हुन्छ।

तर, राजीनामा दिने विषयमा माधव नेपाल पक्ष एकमत हुनसकेको छैन। कतिपय सांसद राजीनामा नगरे आत्मसमर्पण सरह हुने तर्क गर्दै विद्रोहको मुडमा देखिएका छन्।

माधव पक्षीय भीम रावल, घनश्याम भुसाललगायतका नेताहरू राजीनामा गरेर विद्रोह गर्ने संकेत दिइसकेका छन्। यद्यपि, यस विषयमा अझै एकमत हुन नसकेको नेताहरूले बताएका छन्।

सरकार गठनका लागि बहुमत पुर्‍याउन सकस परिरहेको बेला दलहरू आज आन्तरिकका साथै द्विपक्षीय र त्रिपक्षीय छलफलमा जुटिरहेका छन्।

नेपाली कांग्रेस आज माओवादी केन्द्र र जसपासँग छलफल गरिरहेको छ भने जसपाको पनि छुट्टै बैठक बसिरहेको छ।

कांग्रेसले बुधबार नै दुई दलसँग छलफल गर्ने भनेपनि पदाधिकारी बैठक बस्नु परेको भन्दै छलफल स्थगित गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले