काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यकबाहेक सबै कार्यालय बन्द


विचार
आयाेमेल संवाददाता
मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश

आयाेमेल संवाददाता
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर

आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून


काठमाडौं उपत्यकामा आजदेखि (बिहीबार) अत्यावश्यकबाहेकका कार्यालय बन्द भएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड -१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ।

काठमाडौं प्रशासनले बुधबार सूचना जारी गरी कोरोनाको महामारी तीव्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गएिको जनाएको छ। ‘निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ’, प्रशासनद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ।

सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ।

काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो। त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दे बुधबार राति १२ बजेसम्मका लागि समय थपिएको थियो। संक्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको हो।

निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म पसल खुला रहने भएको छ। उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छ। मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ।

सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दाबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन्।

सार्वजनिक एवम् निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ। घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेन्चमा रिटमाथि सुनुवाइ

कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर उन्मुख हुँदै गइरहेको छ। यो साँचो कुरा हो कि, देश

भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट