कोरोना कहरमा प्रदेश २ का सरोकारवालामन्त्री योजना अनुगमनको सयरमा


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


जनकपुरधाम–प्रदेश २ मा कोरोना संक्रमण दिनहुँ बढिरहेको छ। बेड र अक्सिजन नपाएर कोरोना संक्रमितहरू अस्पतालसम्म पुगे पनि उपचार पाउन सकिरहेका छैनन्। अक्सिजन, बेड र भेन्टिलेटर अभावमा ज्यान गुमाइरहेका छन्।

मंगलबारमात्रै प्रादेशिक अस्पतालको लापरबाहीका कारण बाबुको ज्यान गएको आक्रोशमा आएर तोडफोड गरेका दुई छोरा अझै प्रहरी हिरासतमै छन्।

मृत बाबुको मुख हेर्न पनि पाएनन् उनीहरूले।

कोरोना महामारी ह्वात्तै बढिरहेका बेला प्रदेशका सरोकारवाला मन्त्री नवलकिशोर साह जिल्ला सयर गरिरहेका छन्। आफूसँगै उनले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायलाई पनि सयरमा लगेका छन्।

कोरोना रोकथाम र नियन्त्रणका लागि अस्पतालहरूमा भइरहेको कामका लागि जिल्ला–जिल्ला पुगे ठीकै हुन्थ्यो होला।

तर, कोरोना महामारीका बीच दुई मन्त्रीहरू मन्दिर तथा पर्यटकीय स्थलहरूको अनुगमनमा व्यस्त छन्।

मन्त्री साह र राय बुधबार सप्तरीको कंकालिनी नगरपालिकाका विभिन्न मन्दिर तथा पर्यटकीय स्थलहरूको अनुगमन गरेका हुन्। दलबलसहित निस्केका मन्त्रीद्वले विवाहमण्डपदेखि मन्दिर निर्माणका योजनाहरूको अनुगमन गरेको मन्त्री साहका स्वीकय सचिवले जनाएका छन्।

सामजिक विकासमन्त्री साहका स्वकीय सचिव राजकुमारले मन्त्रीद्वय विभिन्न धार्मिक स्थलहरूको अनुगमन गरिरहेका तस्बिरहरू सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्।

‘उद्योग, पर्यटन वन वातावरण मन्त्रालय प्रदेश २ द्वारा सप्तरीमा विनियोजित विभिन्न कार्यक्रमहरू संयुक्त अनुगमन तथा निरीक्षण गर्नुहुँदै उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय तथा सामाजिक विकासमन्त्री नवलकिशोर साह। मन्त्रीद्वयले प्रदेश सरकारका अधुरा योजनाहरू क्रमशः पूरा गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ। मन्त्रीद्वयले वैरवाका विवाहमण्डप, योगिनियाको वोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर, हनुमानगरको अधुरो राम मन्दिरको स्थलगत निरीक्षण गर्नुभएको हो,’ मन्त्री साहका स्वकीय सचिवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न