सरकारको ढुकुटीमा ११ अर्ब ९६ करोड डलर


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडाैं-

सरकारको ढुकुटीमा अमेरिकी डलर सञ्चिति परिमाण बढिरहेको छ। ताजा तथ्यांकअनुसार सरकारसँग गत चैत मसान्तसम्ममा अमेरिकी डलर सञ्चिति २.७ प्रतिशतले बढेर ११ अर्ब ९६ करोड पुगेको छ।

मुलुकको केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०७७–७८ को नौ महिनाको तथ्यांक समेटेर बुधबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा उक्त परिमाणबराबरको डलर सञ्चिति भएको हो।

गत असार मसान्तमा कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा चैत मसान्तमा आइपुग्दा २.२ प्रतिशतले बढेर १४ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलरमा हिसाब गर्दा गत असार मसान्तमा ११ अर्ब ६५ करोड थियो भने चैत मसान्तमा आइपुग्दा ११ अर्ब ९६ करोड भएको हो।

कूल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड थियो भने चैत मसान्तमा २.२ प्रतिशतले बढेर १२ खर्ब ५३ अर्ब १७ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रहेको १ खर्ब ७५ अर्ब ७१ करोडबाट २.५ प्रतिशतले बढेर १ खर्ब ८० अर्ब १० करोड कायम भएको छ।

गत चैत मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २४.४ प्रतिशत थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको