गण्डकी : विपक्षी गठबन्धनले पेश गर्‍यो सरकार बनाउने दाबी


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव



काठमाडौं–गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले नयाँ सरकार बनाउने दावी प्रदेश प्रमुखसमक्ष पेश गरेको छ। नयाँ सरकारको दाबी गर्दै कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुखसमक्ष पत्र बुझाएका हुन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अविश्वास प्रस्तावमाथि मतदान हुनु अगावै राजीनामा दिएपछि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्म संयुक्त सरकार गठन गर्न आह्वान गरेकी थिइन्।

विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ।

गण्डकीमा सरकार गठनका लागि ३१ सांसदको समर्थन जरूरी छ। एक जनाको हस्ताक्षर अपुग भएपछि गुरुङले मुख्यमन्त्रीमा निरन्तरता पाउने लगभग निश्चित भइसकेको थियो।

तर, जनमोर्चाले संसदीय दलका नेता कृष्ण थापालाई कारबाही गरेपछि संख्या पुगेको भन्दै विपक्षी गठबन्धनले सरकार बनाउन दाबी पेश गरेको हो।

जनमोर्चाले दलको नेताबाट थापालाई हटाइएको पत्र प्रदेशसभा सचिवालयमा बुझाएको थियो।

तर, संसदीय दलको नेताबाट हटाइएको भनिएका थापाले प्रदेश प्रमुखलाई गैरकानुनी काम भएको भन्दै मान्यता नदिन पत्र पठाएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न