जसपा नेताहरू आन्तरिक छलफलमा, पदाधिकारी बैठक पनि बस्दै


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं – वैकल्पिक सरकार गठनका लागि दुई चीरामा विभाजित जनता समाजवादी पार्टीका नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। सरकार गठनका लागि अभ्यास गरिरहेका बाबुराम–उपेन्द्र र तटस्थ बस्ने निर्णय गरेका महन्थ–राजेन्द्र समूह आन्तरिक छलफलमा जुटेका हुन्।

जसपा स्रोतका अनुसार बुधबार बिहानदेखि दुई पक्षका नेताहरूबीच अनौपचारिक छलफल भइरहेको छ।

‘बिहानैदेखि छलफल भइरहेको छ, एक पक्षीय, दुई पक्षीय छलफलहरू भएका छन्,’ जसपा स्रोतले भन्यो, ‘सहमति जुटाउने प्रयास भइरहेको छ। हेरौं के हुन्छ।’

नेताहरूबीचको छलफलपछि आजै पदाधिकारी बैठक बस्ने उनले बताए। ‘आजै पदाधिकारी बैठक बसेर सहमति जुटाउने कुरा छ। तर, समय र स्थानबारे टुंगो लागिसकेको छैन,’ ती नेताले भने।

तीन दलको संयुक्त सरकार बनाउन जसपा अहिले निर्णायक भूमिकामा देखिएको छ। तर, महन्थ–राजेन्द्र समूहले सरकार गठनका लागि चासो नदेखाएपछि पार्टी नै विभाजनको दिशामा अगाडि बढिरहेको छ।

दुबै समूहतर्फ समान १६/१६ सांसद छन्। संयुक्त सरकार बनाउन थप १२ सांसदको समर्थन आवश्यक भएकोले सिंगो जसपाको सहयोगविना बहुमत पुग्ने सम्भावना देखिएको छैन। राजनीतिक निकास दिन सर्वसम्मत निर्णय गर्न पदाधिकारी बैठक बस्न लागेको जसपा स्रोतको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको