हिन्दुस्तान टाइम्सको सम्पादकीय : ओलीलाई भारतको समर्थन, महन्थलाई तटस्थ बस्न निर्देशन!


विचार
आयाेमेल संवाददाता
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

स्वास्थ्य मन्त्रालयले नेपालमा ‘कोरोना रिटर्न्स २’ को प्रमुख जिम्मेवार कोरोना

आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको समर्थन रहेको त्यहाँको एक चर्चित अखबारले दाबी गरेको छ। भारतीय जनता पार्टीका नेता एस सुब्रमन्यम स्वामीले प्रधानमन्त्री केपी शर्मा ओली भारतको रोजाइ रहेको भनी गरेको टिप्पणी सेलाउन नपाउँदै चर्चित अखबार ‘द हिन्दुस्तान टाइम्स’ ले यस्तो दाबी गरेको हो।

हिन्दुस्तान टाइम्सले आफ्नो अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका कारण ओलीले विश्वासको मत पाउन नसकेको लेखेको छ।

ओली कामचलाउ प्रधानमन्त्री भइसकेपनि नेपालमा राजनीतिक अशान्ति भइनसकेको उसले भनेको छ।

‘वैकल्पिक सरकार बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा एकै ठाउँमा उभिनुपर्छ तर, जसपा दुई चीरामा विभाजित छ।’, हिन्दुस्तान टाइम्सले भनेको छ।

जसपा अध्यक्ष महन्थ ठाकुर, प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग समान दूरी बनाएर राख्ने नीति लिएर अगाडि बढिरहेको उसको भनाइ छ।

विश्वासको मतसम्बन्धी प्रधानमन्त्री ओलीको प्रस्तावमा जसपा अध्यक्ष ठाकुर भारतकै सल्लाहमा तटस्थ बसेको हिन्दुस्तान टाइम्सको दाबी छ।

जसपाका महन्थ ठाकुरलाई भारतले ओलीलाई सहयोग गर्न भनिरहेको छ भन्दै सम्पादकीयमा भनिएको छ, ‘महन्थ ठाकुरलाई तटस्थ बस्न भनिएको छ। किनभने ओलीलाई अहिले पनि भारतको समर्थन छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

स्वास्थ्य मन्त्रालयले नेपालमा ‘कोरोना रिटर्न्स २’ को प्रमुख जिम्मेवार कोरोना भाइरसको डेल्टा भेरिएन्ट (B.१.६१७.२) नै रहेको जानकारी सार्वजनिक गरेको छ।

भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप