महेश बस्नेतको दाबी : उपेन्द्रले महन्थ–राजेन्द्रका तीन सांसद लुकाए


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं – नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले तीन सांसदलाई लुकाएर राखेको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीनिटक नेता बस्नेतले अध्यक्ष यादवले महन्थ–राजेन्द्रलाई समर्थन गर्ने तीनजना सांसदलाई लुकाएर राखेको दाबी गरेका हुन्।

‘आज बाबुराम र उपेन्द्र यादवहरूले महन्थ ठाकुर र राजेन्द्र महतोलाई समर्थन गर्ने तीनजना सांसदहरूलाई लुकाएर राख्नु भएको छ,’ एक वर्षअघि जसपा सांसद अपहरणसम्बन्धी प्रसंग कोट्याउँदै सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,‘के तिनीहरू अपहरणमा परेका होइनन् र?’

नेता बस्नेतले लुम्बिनी प्रदेशका सांसदहरूमाथि गरिएको कारबाहीप्रति पनि आपत्ति जनाएका छन्।

‘घरी एउटा निर्णय घरी अर्को निर्णय गरेर पार्टीको कुनै निर्णयविना फेक हस्ताक्षर गरेर चारजना साथीहरूको सांसद पद खाएर कसका स्वार्थ कसको सेवा गरिरहनु भएको छ?,’ उनले भनेका छन्, ‘बाबुरामको मनमा लुकेको प्रधानमन्त्रीको चाहना र उपेन्द्रको मनमा रहेको उपप्रधानमन्त्री र शक्तिशाली मन्त्री पाउने सत्ता स्वार्थका लागि यस्ता हर्कत किन गर्नुभएको छ?’

बस्नेतले सांसद खरिद-बिक्री प्रक्रिया र मन्त्री बाँड्ने काम सुरू भएको दाबी गरेका छन्।

‘कांग्रेस सभापति देउवालाई २०५२ सालमा सांसद किनबेचदेखि अनेक विकृतिको दाग लागेकै हो। अब फेरि सांसद खरिद-बिक्री प्रक्रिया र पद बाँड्ने काम सुरू भएको छ। त्यो कूकर्मतिर लाग्दा कांग्रेसको लोकतान्त्रिक छवि र कतिपय युवा साथीहरूको सेलिब्रेटी बन्ने नाटकीय प्रवृत्ति नाङ्गिदैन र?,’ उनले सोधेका छन्।

सत्ता टिकाउन प्रधानमन्त्री ओलीले कुनै हर्कत नगर्ने दाबी गर्दै उनले बहुमत नपुगे उनी विपक्षमा बस्न तयार रहेको बस्नेतले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न