साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं – वैशाख कृष्ण औँसी अर्थात् मातृ सम्मान दिवस एवं आमाको मुख हेर्ने पर्वको अवसर पारेर साहित्यकार उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक गरिएको छ। कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बीच आमाको मुख हेर्ने औँसी अर्थात् मातृ सम्मान दिवसको अवसर पारेर साहित्य वाटिका नेपालले जुम प्रविधिबाट मंगलबार आयोजना गरेको कार्यक्रममा लेखककी आमा ८२ वर्षीया इन्दिरा ज्ञवालीले पुस्तक सार्वजनिक गरेकी हुन्।

कार्यक्रममा प्रा. डा. बद्रीविशाल भट्टराईले केही सर्गलाई बढाएर र केहीलाई छुट्याएर खण्डकाव्यलाई अझ परिस्कृत गर्न सकिने सुझाव दिए। ‘आमा’माथि समीक्षात्मक मन्तव्य राख्दै डा. शान्तिमाया गिरीले जन्मदाता र जन्मभूमिप्रतिको सम्मानभाव खण्डकाव्यमा प्रकट गरिएको बताइन्। जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन् भन्ने रामायणको वाक्यलाई खण्डकाव्यले पछ्याएको उनले बताइन्।

मातृ सम्मान दिवसको अवसर पारेर सार्वजनिक गरिएको आमा खण्डकाव्यका विषयमा समीक्षा गर्दै साहित्यकार सीता भट्टराईले आमालाई जन्मभूमिसँग तुलना गरिएको, सृष्टिकर्ता र त्यागको प्रतिमूर्तिका रुपमा आमालाई खण्डकाव्यमा वर्णन गरिएको बताइन्। खण्डकाव्यका लेखक कवि ज्ञवालीले नयाँ भेरियन्टसहितको कोरोनाका कारण निषेधाज्ञा जारी रहे ‘बा’ खण्डकाव्य पनि तयार पार्ने प्रतिबद्धता जनाए।

धर्तीका सबै माताका विषयमा खण्डकाव्यमा उल्लेख गरिएको छ। पाँचौं सर्गमा आफ्नी आमाको विषयमा कविले चर्चा गरेका छन्। कार्यक्रममा सहप्राध्यापक प्रभा भट्टराई, कवि अमर रोका, प्रकाशक केशव अधिकारी, कवि बलराम दाहाल, कवयित्री भैरवी भूगोल ढुङ्गानालगायतले खण्डकाव्यका विषयमा मन्तव्य राख्दै कवितासमेत वाचन गरेका थिए।

लेखकका हालसम्म २० कृति बजारमा ल्याइसकेका छन्। यो उनको २१ औं कृति हो। पुस्तकमा ७२ पृष्ठ, आठ सर्ग रहेका छन्। यसको मूल्य रु २१२ रहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको