सरकार बनाउन कांग्रेसले पाउला त सिंगो जसपाको साथ?


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं

नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको साथ लिएर आफ्नो नेतृत्वमा सरकारका लागि पहल गर्ने निर्णय गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीकलण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेपछि संसदको दोस्रो ठूलो दल कांग्रेसले संयुक्त सरकार गठनका लागि प्रयास सुरू गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए।

प्रधानमन्त्री ओलीको विकल्पमा सरकार बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले सहयोग गर्ने प्रष्ट पारिसकेका छन्।

विश्वास प्रस्ताव असफल भएसँगै कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै जसपा अध्यक्ष यादवले सरकार गठनको प्रक्रिया अगाडि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका थिए।

तर, जसपा अध्यक्ष यादवको सहयोगले मात्र संयुक्त सरकार बन्ने सम्भावना छैन।

प्रधानमन्त्री ओलीले पेश गरेको विश्वासको प्रस्तावविरुद्ध जम्मा १२४ मत परेको थियो। जसमा जसपा अध्यक्ष यादव पक्षको १५ जना सांसदले मत हालेका थिए।

अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका १५ जना सांसद तटस्थ बसे भने लक्ष्मणलाल कर्ण र रुही नाज अनुपस्थित थिए।

सोमबार प्रतिनिधिसभामा अनुपस्थित भएका कर्ण अध्यक्ष ठाकुर पक्षका हुन् भने रुही आफूतिर रहेको दुबै पक्षले दावी गरेको छ।
सरसर्ती हेर्दा जसपा दुबै समूहको ‘पल्ला’ बराबर देखिन्छ।

यस्तो अवस्थामा सरकार गठनका लागि बहुमतको संख्या १३६ पुर्‍याउन यादवपक्षीय सांसदको संख्यामात्र पर्याप्त छैन। सग्लो जसपाको समर्थन जरूरी हुन्छ।

जसपा अध्यक्ष महन्थ ठाकुरले सरकार गठनको सवालमा प्रस्तुत गरेको पछिल्लो अडानले उनी यो प्रक्रियाभन्दा बाहिर रहेको लगभग स्पष्ट भइसकेको छ।

सोमबार मध्यरातमा विज्ञप्ति जारी गरेर ठाकुरले जसपा सरकार गठन र सत्तासहकार्यको खेलमा नरहेको बताएका थिए।

कांग्रेस सहमहामन्त्री महत पनि सिंगो जसपाको सहयोगबिना सरकार बनाउन नसकिने बताउँछन्।

‘माओवादी केन्द्र र उपेन्द्रजीले सहयोग गर्ने प्रष्ट गरिसक्नु भएको छ,’ महत भन्छन्,‘तर त्यो मात्रै पर्याप्त हुँदैन। हामीले सिंगो जसपाको सहयोग खोजेका छौं। उहाँहरू पनि यस अभियानमा सामेल गराउन हाम्रो पूर्ण प्रयत्न हुन्छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको दावी प्रस्तुत गर्न विहीबार राति ९ बजेसम्मको समयसीमा दिएकी छन्। यति थोरै कम समयमा जसपाभित्रको किचलो अन्त्य भएर एकमत हुने सम्भावना तत्काल देखिएको छैन।

तर बाँकी रहेको दुई दिनमा परिस्थिति परिवर्तन हुनसक्ने महतलाई लागेको छ।

‘पर्सी राति ९ बजेको समय छ, दुई दिन बाँकी छ। परिस्थिति परिवर्तन हुनसक्छ,’ उनले भने,‘सरकार गठनका लागि हामी सक्दो कोसिस गर्ने हो।’

साथै एमालेभित्र देखिएको विवादका कारण सरकार गठनमा सहयोग प्राप्त हुनसक्ने उनको भनाइ छ। तीन दलमिले संयुक्त सरकार गठनका लागि समस्या नहुने महतले बताए।

उनले यसबाहेक बहुमत पुर्‍याउने अरू तरिका पनि रहेको बताएका छन्। यद्यपि त्यो तरिकाबारे महतले खोलाउन चाहेनन्।

‘तीन दल एकै ठाउँमा आइदिए सरकार गठनका लागि समस्या नै भएन,’ उनले भने,‘बहुमत पुर्‍याउन अरू पनि तरिका छन्। अहिले भनिराख्नु परेन।’

सहमहामन्त्री महतले सरकार गठनमा सहमति जुटाउन दलहरूसँग सम्वादको प्रक्रिया जारी रहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको