तीन महिनामा साढे १३ करोड स्मार्टफोन बिक्री


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


सन् २०२१ को पहिलो तीन महिना (जनवरीदेखि मार्च) मा विश्वभर करिब साढे १३ करोड थान ‘५जी स्मार्टफोन’ बिक्री भएका छन्।

स्ट्राटेजी एनालिटिक्सले प्रकाशन गरेको ताजा प्रतिवेदनअनुसार यो वर्ष पहिलो तीन महिनामा १३ करोड ३९ लाख थान ५जी स्मार्टफोन बिक्री भएका हुन्। यो गत वर्ष २०२० को सोही अवधिको दाँजोमा ४ सय ५८ प्रतिशतले बढी हो। त्यसबेला २ करोड ४० लाख थानमात्र स्मार्टफोन बिक्री भएका थिए।

स्ट्राटेजी एनालिटिक्सले विश्वभर आपूर्ति गरिने स्मार्टफोनको तथ्यांक संकलन गर्दै आएको छ। विभिन्न स्मार्टफोन निर्माता कम्पनीको तथ्यांक हेर्दा न्यूनतम १ सय १४ देखि १ हजार १ सय ६५ प्रतिशतसम्म बिक्री बढेको छ।

स्ट्राटेजीको प्रतिवेदनअनुसार आइफोन निर्माता एप्पलले गत तीन महिनामा ४ करोड ४ लाख थान आइफोन बिक्री गर्दै पहिलो स्थान ओगटेको छ। यो हिसाबले उसको बजार हिस्सा ३०.२ प्रतिशत रहेको छ।

त्यसैगरी २ करोड १५ लाख थान स्मार्टफोन बिक्री गरी दोस्रो स्थानमा आएको ओप्पोले १६.१ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ।

गत वर्ष सोही अवधिमा यसको बजार हिस्सा ७.१ प्रतिशतमात्र हुँदा १ करोड ७० लाख थान फोन बेचेको थियो। यसपालि यसको वार्षिक बिक्री दर १ हजार १ सय ६५ प्रशितले बढेको छ।

तेस्रो स्थानमा रहेको भिभोले १४.५ प्रतिशत बजार हिस्सा ओगट्दै पछिल्ला तीन महिनामा १ करोड ९४ लाख थान ५जी स्मार्टफोन बेचेको छ। उसको वार्षिक बिक्री दर ६ सय ४६ प्रतिशतले बढेको छ।

गत वर्ष पहिलो त्रैमासमा १०.८ प्रतिशतमात्र बजार हिस्सा भएको भिभोले उक्त अवधिमा २ करोड ६० लाख थान फोन बेचेको थियो।

चौथो स्थानमा रहेको दक्षिण कोरियाली कम्पनी सामसङले भने १ करोड ७० लाख थान स्मार्टफोन बिक्री गरेको छ। बजारमा १२.७ प्रतिशत हिस्सा कब्जा गरेको यसको वार्षिक वृद्धि दर १ सय ५ प्रशितले बढेको छ।

गत वर्ष पहिलो त्रैमासमा ३४.६ प्रतिशत बजार हिस्सा ओगट्दा सामसङले ८३ लाख थान स्मार्टफोन बिक्री गरेको थियो।

त्यसैगरी १ करोड ६६ लाख थान स्मार्टफोन बेचेर पाँचौं स्थान ओगट्न सफल शाओमीले पहिलो त्रैमासमा १२.४ प्रतिशत बजार कब्जा गरेको छ। यसको वार्षिक वृद्धि दर ५ सय ६४ प्रतिशतले बढेको छ।

गत वर्ष सोही अवधिमा १०.४ प्रतिशत बजार कब्जा गरी यसले २५ लाख थान स्मार्टफोन बेचेको थियो।

यी प्रमुख स्मार्टफोन निर्मातापछि अन्य कम्पनीका कूल बजार हिस्सा गएको गएको तीन महिनामा १४.२ प्रतिशत थियो। त्यसबेला उनीहरूले १ करोड ९० लाख थान फोन बिक्री गरेका थिए। उनीहरूको वार्षिक वृद्धि दर भने १ सय १४ प्रतिशतले बढेको छ।

गएको वर्ष पहिलो त्रैमासमा ती कम्पनीले ३७.१ प्रतिशत बजार हिस्सा ओगट्दै ८९ लाख थान स्मार्टफोन बिक्री गरेका थिए।

‘एप्पलको आइफोन १२ आकर्षक डिजाइन र प्रतिस्पर्धी मूल्यका कारण चीन, युरोप र अमेरिकामा व्यापक लोकप्रिय छ,’ स्ट्राटेजी एनालिटिक्सका निर्देशक केन हायर्सले भने, ‘त्यसकारण एप्पल ५जी स्मार्टफोनमा विश्वमा अग्रणी बनेको हो।’

स्ट्राटेजीको प्रतिवेदनमा अर्को प्रमुख स्मार्टफोन निर्माता कम्पनी चीनको ह्वावे भने परेको छैन। अमेरिका र चीनबीचको व्यापार युद्धको चपेटामा परेको ह्वावेको ५जीको बजार हिस्सा स्थानीय प्रतिस्पर्धीहरू ओप्पो, भिभो र शाओमीले खोसेका छन्। (एजेन्सी)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू