बुहारीको मृत्युपछि माओवादी प्रवक्ता श्रेष्ठले लेखे–स्वास्थ्य क्षेत्रको यो अव्यवस्था क्षम्य हुनसक्दैन


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं–‘केही दिनदेखि अस्पतालको ढोका ढक्ढक्याउँदा सुरुमा इमर्जेन्सी र अक्सिजनसहितको बेड पाइएन, आइसीयु र भेन्टिलेटर त परको कुरा। पछि एउटा साधारण प्राइभेट अस्पतालमा भर्ना गरेर आइसीयु खोज्न लाग्यौं । केही दिनपछि हिजोमात्र बल्ल ट्रमा सेन्टरको आइसीयुमा राख्न सक्यौं, तर तिमीलाई बचाउन सकिएन बुहारी । हार्दिक श्रद्धान्जली।’

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नी कोरोनासंक्रमित बुहारी निर्मला वैद्य श्रेष्ठको उपचारका लागि अस्पताल खोज्ने निकै प्रयास गरे। तर पाएनन्। आइसीयु र भेन्टिलेटर त परको कुरा, अक्सिजन भएको बेडसमेत पाएनन्।

जतिबेला बेड पाए, निकै ढिला भइसकेको थियो। उनले बुहारीलाई बचाउन सकेनन्।

प्रिय बुहारी निर्मला बैद्यको कोभिडका कारण आज भएको दुख:द निधनबाट मर्माहत भएको छु ।केही दिन देखि नै अस्पतालहरुको ढोका…

Posted by Narayan Kaji Shrestha on Monday, May 10, 2021

‘बुहारी निर्मला त अहिलेको हाम्रो हालतको एक दृष्टान्तमात्र हुन्। यसरी नै समयमा उपचार पाउन नसकेर कैयौंको दिनदिनै ज्यान गइरहेको छ,’ घटनापछि उनले फेसबुकमा लेखे, ‘म आफैले पनि अरु धेरै कोभिड संक्रमितहरुका लागि बेड र आइसीयु खोजेको छु ,तर पाईराखेको छैन।’
उनले महामारीका बेलामा स्वास्थ्य क्षेत्रको यो अव्यवस्था र बेवास्ता क्षम्य हुन नसक्ने पनि बताएका छन्।

निर्मलाका पति एवं प्रवक्ता श्रेष्ठका भतिजा विकल श्रेष्ठ पनि कोभिडका कारण अस्पतालमा उपचाररत छन्। उनलाई पनि आइसीयु चाहिएको अवस्थामा कहाँ पाइने ठेगान नरहेको श्रेष्ठले उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको