मन्त्री नहुँदा सुदूरपश्चिमको बजेट निर्माण प्रभावित


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले ४ महिनामा पनि नयाँ मन्त्रीको टुंगो लगाउन नसक्दा आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट निर्माण प्रभावित बनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेसँगै पुस २२ गते तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका थिए। मन्त्री नभएपछि कर्मचारी तहबाट बजेट निर्माण सुरु भए पनि त्यो कार्य सुस्त भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीले जनाएका छन् ।

‘मन्त्रीविनै कर्मचारी तहबाट आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि छलफल थालेका छौं’ मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउँदले भने–‘छलफलकै बीच मन्त्रालयका तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि फेरि बजेट छलफल रोकिएको छ, अहिले केही कर्मचारीले घरमै बसेर सामान्य काम गरिरहेका छौं ।’

उनले आगामी आर्थिक वर्षको बजेट निर्माण कार्य भिडियो कन्फरेन्समार्फत् गर्नुपर्ने बाध्यताका कारण पनि समस्या हुन थालेको बताए । ‘कोरोना संक्रमणका कारण यस वर्ष सभा आयोजना गर्दै बजेट निर्माण गर्न सकिने अवस्था छैन’ उनले भने, ‘अब ८८ वटा स्थानीय तहका जनप्रतिनिधिसँग भिडियो कन्फरेन्स गरेर योजना तथा कार्यक्रम माग गर्ने तयारी गरिएको छ।’ हाल आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार मख्यमन्त्री त्रिलोचन भट्टले नै सम्हालेका छन्।

यसैबीच, आर्थिक मामिला तथा योजना मन्त्रालयले पोर्टल तथा प्रविधिबाट योजना माग गरेको छ । मन्त्रालयले प्रविधिको प्रयोग गरि बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमहरुको सुझाव माग गरेको हो।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको पोर्टलमा जारी गरेको सूचनामा भने योजना दिइसक्नुपर्ने मिति फरक–फरक रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जारी गरेको सूचनामा वैशाख २८ गतेसम्म योजना तथा कार्यक्रम दिइसक्नुपर्ने उल्लेख छ भने मन्त्रालयले जारी गरेको सूचनामा जेठ १५ सम्मको मिति छ।

मन्त्रालयले जारी गरेको सूचनामा आर्थिक वर्ष २०७८÷७९ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेकाले बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना अमूल्य सुझाव २०७८ जेष्ठ १५ गते सम्म उपलव्ध गराइदिन अनुरोध गरिएको छ।

उता प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जारी गरेको सूचनामा भने बैशाख २८ गतेभित्र सुझाव पठाउन भनी उल्लेख छ । वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा आवश्यक सल्लाह सुझावसहित समावेश गर्नुपर्ने महत्वपूर्ण बुँदाहरु वैशाख २८ गतेभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपलब्ध गराई दिन भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अनुरोध गरेको छ।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार सरकारले हालसम्म चालु र पुँजीगतसमेत गरी हालसम्म ११ अर्व १० करोड ७७ लाख ७१ ह्जार रुपैयाँ खर्च गरेको छ । कोरोना संक्रमणका कारण देशैभर लकडाउन भएपछि प्रदेश सरकारको सम्पूर्ण विकास निर्माण तथा गतिविधिहरु ठप्प हुँदा बजेट खर्चसमेत हुन नसकेको जनाइएको छ। पहिलो र दोस्रो चौमासिकमा लक्ष्य अनुसार बजेट खर्च गर्न नसकेको प्रदेश सरकारलाई तेस्रो चौमासिकमा बजेट खर्च गर्न लकडाउनले झन् समस्या परेको छ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्षको अन्त्यसम्म कुल बजेटको ६० प्रतिशत मात्रै खर्च हुने अनुमान गरेको सूचना अधिकारी साउँद बताउँछन्। तत्काल नै बजेटको यकिन आकार अनुमान नभए पनि चालु आर्थिक वर्षमा करिब ४० प्रतिशत बजेट बाँकी रहने भएकाले आउँदो वर्ष बजेट ठूलो आकारको हुनसक्ने साउँदले बताए। उनले स्वास्थ्य, कृषि, रोजगार, साना तथा लघु उद्यम र विकास निर्माण नै प्रदेश सरकारको बजेटको प्राथमिकतामा पर्ने प्रारम्भिक अनुमान गरिएको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न