अधिक भाडा नलिन हेलिकोप्टर कम्पनीलाई प्राधिकरणको निर्देशन


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीहरूलाई तोकिए भन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ।

हेलिकोपटर कम्पनीहरूले सरकारद्वारा तोकिए भन्दा बढी शुल्क लिएको गुनासो आएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो। अधिकांश हेलिकोप्टर कम्पनीले कोरोना संक्रमित यात्रु बोक्दा अधिक शुल्क लिने गरेको व्यापक गुनासो आएपछि उड्डयन नियामकले सबै कम्पनीका नाममा निर्देशन जारी गरेको हो।

त्यसबाहेक हेलिकोप्टर उडान गर्दा बिचौलियाले यात्रुलाई ठग्न सक्ने सम्भावना रहेको भन्दै प्राधिकरणले सबै कम्पनीलाई सम्पर्क कर्मचारी र तिनका टेलिफोन नम्बर सार्वजनिक गर्न पनि निर्देशन दिएको छ।

प्राधिकरणका अनुसार सरकारले तोकेको प्रतिघन्टा भाडादरमा समेत सहुलियत प्रदान गरी उडान गरिरहे पनि कोरोना संक्रमित यात्रु बोक्नुपर्दा भने यात्रु व्यवस्थापन एवं चालकदल तथा अन्य संलग्न कर्मचारीको स्वास्थ्य जोखिमवापत थप अतिरिक्त शुल्कसम्बन्धी हेलिकोप्टर कम्पनीले लिँदै आएको पाइएको छ।

प्राधिकरणले निर्धारित शुल्कभन्दा बढी रकम नलिन तथा उडानबारे कुनै किसिमको गुनासो भए उपप्रबन्धक ज्ञानेन्द्र भुललाई मोबाइल नम्बर ९८५११३५०९१ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

त्यसैगरी निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले नियामक निकायको निर्देशन पालना गरी कोरोनाका बिरामी उद्धार गर्दा बढी भाडा नलिन सबै सदस्य कम्पनीलाई आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू