आकस्मिक उद्धारका नाममा बढी शुल्क नलिन हेलिकप्टर कम्पनीलाई क्यानको निर्देशन


विचार
आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको


काठमाडौं – आकस्मिक उद्धारका नाममा हेलिकप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न प्राधिकरणले सबै हेलिकप्टर कम्पनीलाई निर्देशन दिइसकेको स्पष्ट पारेको छ।

यस्तै, उडानमा बिचौलियामार्फत हुनसक्ने अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सबै हेलिकप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बरसमेत सार्वजनिक गर्न निर्देशन दिएको क्यानले जनाएको छ।

क्यानको निर्देशनबमोजिम हेलिकप्टर कम्पनीले सरकारले तोकेको प्रतिघिण्टाको भाडादरमासमेत सहुलियत प्रदान गरी उडान सञ्चालन गरिरहेको तर कोभिड–१९ संक्रमित यात्रु बोक्नु पर्दा भने त्यस यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीको स्वास्थ्य जोखिमबापत थप अतिरिक्त शुल्कसम्बन्धी हेलिकप्टर कम्पनीले लिँदै आएको पाइएको विज्ञप्तिमा उल्लेख छ। निर्धारित शुल्कभन्दा बढी रकम नलिन तथा यस सम्बन्धमा कुनै किसिमको गुनासो भए प्राधिकरणमा सम्पर्क गर्नसमेत क्यानले सबैमा अनुरोध गरेको छ।

यसैबीच, हवाई सेवा सञ्चालकहरूको छाता संगठन वायु सेवा सञ्चालक संघले पनि छुट्टै विज्ञप्ति जारी गर्दै कोभिडका बिरामी उद्धारका नाममा बढी भाडा नलिन आफ्ना सबै सदस्य कम्पनीलाई अनुरोध गरेको छ। अहिलेको परिस्थितिमा सदस्य वायुसेवा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व सम्झी कोभिड बिरामी उद्धार उडानमा खटिएको स्मरण गराउँदै संघले नियामक क्यानको नीति नियममा रहेर उडान गरिरहेको स्पष्ट पारेको छ। यदि कहीँ कतै बढी रकम लिएको र गलत गरेको लागेमा संघ र क्यानमा सिधै सम्पर्क गरी गुनासो एवं जानकारी गराउनसमेत अनुरोध गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा