मध्यरातमा महन्थले भने : सरकार गठन जसपाको उद्देश्यविपरीत


विचार
आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकार गठनको कार्य पार्टी उद्देश्यविपरीत रहेको बताएका छन्।
अर्का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गरेर नयाँ सरकार बनाउन राष्ट्रपतिलाई आग्रह गरेको बेला ठाकुरले यस्तो बताएका हुन्।

प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत प्राप्त गर्न नसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष यादवले संयुक्त विज्ञप्ति जारी गरेर बहुमतको सरकार गठनका लागि प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।

पार्टीका एउटा अध्यक्ष वैकल्पिक सरकार गठनका लागि प्रयास गरिरहेको बेला अर्का अध्यक्ष ठाकुर त्यसको विरोधमा देखिएका छन्।

‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै मूल ध्येय रहेको छ,’ मध्यरातमा ठाकुरले विज्ञप्ति जारी गरेर भनेका छन्,‘मुद्दाबाट विचलित भइ सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनैपनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपाको उद्देश्यविपरीत हो।’

सरकार निर्माण वा सरकारमा सहभागी हुने कार्य मधेश आन्दोलनको मर्म र भावनाको प्रतिकूल रहेको बताउँदै उनले यस्ता कार्यबाट थप अस्थिरता बढ्नुका साथै एजेन्डा सम्बोधन अनिश्चिततातर्फ धकेलिने जिकिर गरेका छन्।

आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधनलगायतका विषयमा केपी ओली नेतृत्वको सरकारसँगको वार्ता सकारात्मक रूपले अगाडि बढिरहेको ठाकुरले दोहर्याएका छन्।

साथै मधेशी, आदिवासी, जनजाति, थारू, दलित, मुस्लिमलगायतका सीमान्तकृत समुदायको एजेण्डा सम्बोधनका लागि जसपा निरन्तर प्रयासरत रहने उनले बताएका छन्।

प्रधानमन्त्री ओली विश्वासको मत पाउन नसकेपछि विपक्षी गठबन्धन नयाँ सरकार बनाउन अगाडि बढिरहेको बेला ठाकुरको पछिल्लो भनाइले जसपाको एक समूह सत्तासमीकरणमा संलग्न नहुने संकेत दिएको छ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा पनि महन्थ समूह तटस्थ बसेको थियो भने बाबुराम–उपेन्द्र पक्षले विपक्षमा मतदान गरेको थियो।

No description available.


प्रतिक्रिया दिनुहोस्
थप समाचार
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले