टिप्पणी

दुई तिहाइको दुर्दशा : राजनीतिमा खतराको बादल


विचार
आयाेमेल संवाददाता
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र…

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा

आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको


प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न आह्वान गरेको विशेष अधिवेशनबाट उनी नराम्ररी पछारिए। उनीमाथि ‘विश्वास छ’ भन्ने भन्दा ‘विश्वास छैन’ भन्ने सांसदको संख्या अधिक रह्यो। प्रतिनिधिसभाका २ सय ७१ कूल सांसदमध्ये मतदान प्रक्रियामा २ सय ३२ जनामात्र उपस्थित रहे। तीमध्ये ९३ ले मात्र ओलीप्रति विश्वास व्यक्त गरे भने १ सय २४ जनाले अविश्वास। १५ जना मौन बसे।

यो भयो, आज बसेको संसदको विशेष अधिवेशनको गणित। संसदीय राजनीतिमा बहुमतको राज हुन्छ। तर, संसदको गणित अंक गणित होइन, यो त ज्यामितिका सूत्र र समीकरणबाट चलेको हुन्छ। निश्चय नै संसदको गणितले ओलीलाई साथ दिएन, उनको सत्ता गिर्‍यो। सबैभन्दा महत्वपूर्ण, राजनीति भनेको ओलीले आफ्नै पार्टीका २८ सांसदको विश्वास लिन सकेनन्। यो राजनीतिक प्रकरणले कस्तो परिणाम ल्याउने हो, अहिले आँकलन गर्न सकिन्न।

तर, नेपालको राजनीतिमा २०५१ सालमा कांग्रेसको बहुमतको सरकारलाई कांग्रेस पार्टीकै ३६ सांसदको अनुपस्थितिको परिणामबाट मुलुक मध्यावधि निर्वाचनमा होमिएको थियो। त्यही राजनीतिक घटनाक्रमले नै मलुक राजनीतिक अस्थिरतामा होमिँदै होमिँदै संसदीय प्रजातन्त्र नै धराशायी भएको हो।

ओलीको सरकार गठन हुँदा उनले दुईतिहाइ सरकारको नेतृत्व गरिरहेका थिए। तर, आज तिनै ओलीले आफ्नै पार्टीका २८ सांसदको विश्वास लिन सकेनन्, दुई तिहाइको सत्ता अल्पमतमा परेर सत्ताच्युत भएको छ। ओलीले आफ्नो पार्टीलाई समेट्नमात्र सकेका भए उनको पक्षमा १ सय २१ सांसदको बलियो उपस्थिति रह्न्थ्यो। यस्तो अवस्था भनेको पक्ष र विपक्षबीचको हाराहारीको अवस्था हो।

आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताको विश्वास लिन सकेको भए ओलीलाई विश्वासको मत आर्जन गर्न सहज हुन्थ्यो।

अबको राजनीति कसरी अगाडि बढ्छ? ओलीले ओगट्दै आएको सत्तामा अब को पुग्ने हुन्? वा मुलुक अर्को राजनीतिक अभ्यास उन्मुख हुने हो? अनिश्चितता छ।

संविधानको भावना र मर्मअनुसार राजनीति अगाडि बढ्यो भने राष्ट्रपतिले संविधानको धारा ७६ (२) को प्रावधानअनुसार राजनीति अगाडि बढ्छ। ७६ (२) मा भनिएको छ— प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।

विशेष अधिवेशनमा बोल्दै कांग्रेस सभापति शेरबदादुर देउवाले यही धाराअनुसार राजनीति अगाडि बढ्ने संकेत गरेका छन्। ओलीविरुद्ध अविश्वासको मतको संख्या १ सय २४ रहेको छ। एमालेका २८ जना बहिस्कारवादी र मौन बसेका जनता समाजवादी पार्टी (जसपा) का १५ समेतको गठबन्धन बनेको अवस्थामा सम्भवतः देउवाको नेतृत्वमा नयाँ सरकार बन्दछ।

तर, अहिले ओलीलाई अविश्वास गर्ने सबैले देउवालाई समर्थन गर्न सक्छन् भन्ने बलियो आधार भने छैन। तर, ओलीले सबै राजनीतिक परिस्थितिहरूको विश्लेषण गरेर अविश्वासको मत लिने रणनीति अख्तियार गरेका हुन्।

संविधानअनुसार धारा ७६ (२) अनुसार आजकै मितिसम्म पनि सबैभन्दा ठूलो दल एमाले नै हो र ओली सबैभन्दा शक्तिशाली सांसद हुन्। ओलीले फेरि पनि ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने र विश्वासको मत लिन नसकेर चुनावमा जाने रणनीति अख्तियार गरेर नै विश्वासको मतको राजनीति अख्तियार गरेको विश्लेषण पनि भइरहेको छ।

ओलीले मनमौजी तवरले संविधानको प्रयोग गरेको र राष्ट्रपतिले उनका सबै कदममा आँखा चिम्लेर हस्ताक्षर गरेको पृष्ठभूमिमा राजनीतिको बाटो सहज र सरल छैन।

मुलुक संसदीय चुनावमा जानुको विकल्प छैन, अहिलेसम्मका घटनाक्रमको विश्लेषण गर्दा। मुख्य प्रश्न कसको नेतृत्वमा भन्ने महत्वपूर्ण छ।

को प्रधानमन्त्री हुने? संसदले कस्तो भूमिका खेल्ने यावत प्रश्नभन्दा मुलुकको राजनीतिमा विश्वासको मत प्रकरणले दिएको मूल सन्देश हो, वामपन्थी एकता नराम्ररी भत्किएको छ। एमालेमा एकीकृत भएको माओवादी केन्द्र केही आफ्ना वरिष्ठ नेता ओलीको जिम्मा छाडेर अलग्गिएको छ। एमाले आफैं विभाजनको सामुन्ने छ। २८ सांसदको अनुपस्थितिको व्यवस्थापन कसरी हुन्छ?

पार्टीका शीर्ष नेताहरूको व्यक्तित्व टकरावबाट पार्टीलाई ठूला क्षतिबाट जोगाउन एमालेका दोस्रो तहका नेता कतिसम्म सफल हुने हुन्। तर, राजनीतिक परिदृश्य स्पष्ट छैनन्। माधव नेपाल पक्षले एमाले पार्टीमा धावा बोल्न सक्ने आधारहरू छन्, तर कमजोर।

एमालेका शीर्ष नेताहरूले धेरै हिसाबकिताब गरेर नै अनुपस्थित हुने निचोड निकालेका हुनसक्छन्। एमालेका माधव खेमा र माओवादी खेमा मिलेर नयाँ समीकरण बन्ने सम्भावना छन् तर भरपर्दा छैनन्। सरकारबाट च्युत भएका ओली एमाले पार्टीमा पनि कमजोर भएर नेपाल पक्ष हावी हुनसक्ने अवस्था तत्काल देखिँदैन।

संविधान निर्माणपछिको पहिलो चुनावमा व्यापक गृहकार्य गरेर एकीकृत भएका दुई ठूला दल एमाले र माओवादीमात्र विभाजित भएका होइनन्। सत्ता राजनीतिलाई प्रमुख ध्येय बनाएर गरिएको एकीकरणको उपलब्धी स्वरूप दुवै दल नराम्ररी घायल बनेका छन्। सिंहदरबारमा कसले नेतृत्व गर्ने र अहिलेको संसद कहिलेसम्म कसरी चल्ने? समय क्रममा परिस्थितिजन्य निर्णयहरू हुँदै जालान्।

तर, मुलुकको राजनीतिमा वामपन्थी एकताको औचित्य समाप्त भएको छ। वामपन्थीहरू विभाजन भएको अवस्थामा बलियो देखिँदै आएको कांग्रेसको भूमिका विस्तारित भएको छ। समयको चाल विश्लेषण गर्दे राजनीतिलाई अगाडि डोर्‍याउने भूमिकामा कांग्रेस चुक्यो भने संंघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमाथि नै प्रश्न उठ्ने छ। राजनीति अनिश्चितमात्र होइन, अनियन्त्रित हुने खतरा सामुन्ने छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा महत्वपूर्ण जित निकाल्दै अष्ट्रिया नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार

विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई