माधव नेपालले ओलीलाई भने-पार्टी एकता नखल्बल्याउनू [वक्तव्यसहित]


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि एकपटक पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

‘प्रधानमन्त्री र पार्टी अध्यक्ष रहनुभएका केपी शर्मा ओलीलाई फेरि पनि देश, जनता र पार्टीप्रति जिम्मेवार भएर सोच्न, देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरूलाई सच्याउन, पार्टी एकताका लागि हामीले अगाडि सारेका कुराहरू सम्बोधन गर्न र पार्टी एकतालाई नखल्बल्याउन आग्रह गर्दछौं,’ नेता नेपालले सोमबार साँझ वक्तव्य जारी गरेर भनेका छन्।

प्रधानमन्त्री ओलीको गलत क्रियाकलापको विरोध र प्रतिवादस्वरूप विश्वासको मत नदिने र प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय आफूहरूले गरेको नेता नेपालले बताएका छन्।

राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादालगायतका दृष्टिकोणबाट प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनु उपयुक्त नरहेको उनको ठहर छ।

नेता नेपालले प्रधानमन्त्री ओली नेपालको संविधान, लोकतन्त्र र राष्ट्रिय हितका साथै नेकपा एमालेको विधान विधिविपरित काम कारबाही गर्दै देश, जनता र लोकतन्त्रको भविष्यलाई नै खतरातर्फ धकेलिरहेको आरोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न