मध्यपुर थिमिमा अक्सिजनसहितको ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालनको तयारी


विचार
आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको

आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम


भक्तपुर–भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ। नगरपालिकाको ६ वटा वडाले संयुक्तरुपमा अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालन गर्ने गर्ने निर्णय गरेका हुन्।

मध्यपुर थिमिका वडाहरु १, २, ३, ४, ६ र ९ का वडाध्यक्षहरुको सोमवार बसेको बैठकले करिव ९० लाखको लागतमा अक्सिजनसहितका आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ।

त्यसका लागि वडाको विकास बजेट कटौती गरी प्रत्येक वडाले १५ लाख रुपैंया विनियोजन गर्ने निर्णय गरेको वडा नम्बर १ वडाध्यक्ष सुरज खड्काले जानकारी दिए। नगरपालिकामा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखी आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको खड्काले बताए। वडाको भौतिक विकास भन्दा पनि वडाबासीहरुको स्वास्थ्य महत्वपूर्ण भएको उल्लेख गर्दै खड्काले भने, ‘यो विषम परिस्थितिमा वडाबासीको ज्यान ठूलो भएकाले चालु आव २०७७-०७८ को विकास बजेट रकमान्तर गरेर भए पनि आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णयमा पुगेका हौं।’

बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र भवनमा आइसोलेसन केन्द्र सञ्चालन गरिने उनले जानकारी दिए। केन्द्रमा दक्ष जनशक्तिसमेत व्यवस्था गरिने उनी बताउँछन्। बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा मध्यपुर थिमि नगरपालिकाले पनि २५ शय्याको एचडीयु शय्यासहितको ७५ शय्याको आइसोलेसन केन्द्र सञ्चालन गर्दै आएको छ।
अहिले मध्यपुर थिमी भक्तपुर जिल्लाको हटस्पट बनेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु