जसपाका दुवै पक्षको ‘पल्ला’ बराबर


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रस्ताव गरेपछि सबैभन्दा बढी किचलो जनता समाजवादी पार्टी (जसपा) मा देखियो। प्रस्तावको विषयमा जसपाभित्र दुई धार प्रष्ट देखिएको थियो।

जसपाका महन्थ–राजेन्द्र समूह ओलीलाई सहयोग गर्ने पक्षमा देखिएका थिए भने बाबुराम–उपेन्द्र पक्ष विरोधमा।

पक्ष र विपक्षकै विवादका कारण पार्टी नै विभाजन हुनसक्ने अवस्थामा पुगेपछि अन्ततः जसपाले मध्यमार्गी बाटो अपनायो। र, अन्ततः पक्ष- विपक्षमा मतदान गर्ने विषयमा सांसदहरूलाई स्वतन्त्र छोड्ने निर्क्याेलमा पुग्यो।

पदाधिकारी बैठकको यस्तो निर्णयपछि महन्थ–राजेन्द्र समूह प्रस्तावको पक्ष वा विपक्षमा नलागेर तटस्थ बस्ने निर्णयमा पुगेको थियो भने बाबुराम–उपेन्द्र प्रस्तावको विपक्षमा मतदान गर्ने तयारीमा जुट्यो।

प्रतिनिधिसभामा मतदान हुनु अघिसम्म तटस्थ बस्ने र विपक्षमा मतदान गर्ने सांसदहरूको संख्याबारे स्वयं जसपाकै कतिपय नेता अन्याेलमा थिए। त्यसअघि संसदीय दलमा दुवै समूहले आ–आफ्नो बहुमत रहेको दावी गरिरहेका थिए।

तर, प्रतिनिधिसभामा दुवैतर्फका सांसदहरू प्रष्ट भएका छन्। दुवैतर्फ समान सांसद देखिएका छन्।

जसपाका कुल ३२ सांसदमध्ये १५ जना तटस्थ बसे भने १५ जनाले प्रस्तावको विपक्षमा मतदान गरेका छन्। लक्ष्मणलाल कर्ण र रुही नाज अनुपस्थित थिए।

कोरोना संक्रमणका कारण अनुपस्थित भएका कर्ण महन्थ–राजेन्द्र समूहका हुन भने रुही नाज आफ्नो पक्षको रहेको बाबुराम–उपेन्द्र समूहको दावी छ।

यता जसपा अध्यक्ष उपेन्द्र यादवको तत्कालीन समाजवादी पार्टीबाट निर्वाचित भएका धनुषाका उमाशंकर अरगरिया र पर्साका विमल श्रीवास्तव पछिल्लो समय महन्थ–राजेन्द्र समूहतिर लागेका छन्।

विश्वासको विपक्षमा मतदान गर्ने जसपाका सांसदहरू
१. बाबुराम भट्टराई
२. उपेन्द्र यादव
३. महेन्द्रराय यादव
४. राजेन्द्र श्रेष्ठ
५. रेणु यादव
६. इस्तियाक राई
७. प्रदीप यादव
८. डा.सूर्यनारायण यादव
९. डा.सुरेन्द्र यादव
१०. चन्द्रकान्त चौधरी
११. रेणुका गुरुङ
१२. कल्लुदेवी विश्वकर्मा
१३. रामबाबु यादव
१४. रामसहाय यादव
१५. लिला सिंङदेल
तटस्थ बसेका सांसद
१. महन्थ ठाकुर
२. राजेन्द्र महतो
३. शरतसिंह भण्डारी
४. अनिल झा
५. राजकिशोर यादव
६. चन्दा चौधरी
७. उमाशंकर अरगरिया
८. विमल श्रीवास्तव
९. प्रमोद साह
१०. नरमाया ढकाल
११. निर्जला राउत
१२. रानी मण्डल
१३. एकबाल अहमद
१४. अम्रिता अग्रहरी
१५. दुलारीदेवी खत्वे


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको