प्रधानमन्त्रीले लिन खोजेको विश्वासको मत असफल


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं–प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा लिन खोजेको विश्वासको मत असफल भएको छ। प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत परेको छ।

विश्वासको मतकाे पक्षमा नेकपा एमालेका सांसदले मत दिएका छन्। मतदानमा माधव नेपाल समूहका २८ जना अनुपस्थित रहे। प्रस्तावको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा (बाबुराम–उपेन्द्र) पक्षका सांसदले मत दिएका छन्। बाबुराम–उपेन्द्र पक्षले प्रस्तावको विपक्षमा मतदान गर्दा महन्थ ठाकुरपक्षीय सांसदहरू तटस्थ बसेका थिए। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आफूमाथि विश्वास रहेको भन्दै संविधानको धारा १०० (१) बमोजिम विश्वासको मत लिन प्रस्ताव आह्वान गरेका थिए।

यसअघि सोमबार बिहान नेकपाको एमाले माधव नेपाल पक्षका २२ सांसदले संसद बैठक नै बहिस्कार गर्ने निर्णय गरेका थिए।

कुल २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा चार सांसदको पद रिक्त रहेकाले तत्काल कायम संख्या २७१ छ। त्यसमा एमालेको १ सय २१ सिट छ। प्रमुख प्रतिपक्षी कांग्रेसको ६१, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीका ३२, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसद १-१ छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको