संसदलाई विश्वासै नगर्ने प्रधानमन्त्रीलाई कसरी विश्वासको मत दिने? : उपेन्द्र यादव


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडाैं

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संसदमाथि विश्वास नै नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन खोजेको बताएका छन्।

यादवले आफैंले गैरसंवैधानिक तरिकाले विघटन गरेको संसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेको जिकिर गरे।

प्रतिनिधिसभाको विशेष अधिवेशनमा बोल्दै उनले भने, ‘हाम्रो पार्टीले विश्वास प्रस्तावको विरुद्धमा मतदान गर्नुहुन्छ। तपाईंको विकल्प खोज्ने बाटोमा हामी अगाडि बढिसकेका छौं,’ उनले भने।

‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक हो, उहाँकै क्याबिनेटलाई संघीय गणतन्त्र नलेख्न निर्णय गर्छ,’ यादवले भने,‘प्रधानमन्त्रीज्यू यो संघीयता समाप्त पार्ने षडयन्त्र त होइन?’

‘संसद विघटन गरेर प्रधानमन्त्रीले संघीय गणतन्त्र धरापमा पार्ने खेल गरेको आरोप लगाउँदै संसदमाथि विश्वासै नगर्ने व्यक्तिलाई कसरी विश्वासको मत दिने.’ उनले भने।

मधेशलाई सँधै हेला गर्ने व्यक्तिले अहिले मधेश फकाउन खोजेको उनको भनाइ थियो।

‘मधेशमा आन्दोलनमा आन्दोलनकारीमाथि गोली चलिरहँदा तपाईंले दुई चारवटा आँप खस्दैमा के भयो भन्नु भएको होइन प्रधानमन्त्रीज्यू,’ उनले भने,‘अहिले त्यही आँप मधेशी जनतालाई खुवाउन चाहनु भएको हो?’

हठात् रूपमा संसद विघटन र अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत् स्वेच्छाचारी ढंगले मुलुक चलाउन खोजेको आरोप यादवले लगाए।

नियमित अधिवेशन बोलाउनुपर्ने बेला विशेष अधिवेशन बोलाएर प्रधानमन्त्रीले संसदीय प्रणालीको औचित्य नै समाप्त पारेको उनले बताए।

प्रधानमन्त्री ओलीकै कार्यकालमा आन्दोलनकारीमाथि मुद्दा लगाइएको भन्दै उनले राजनीतिक रूपमै समाधान गर्नुपर्ने जिकिर गरे। विगतमा दुई–दुई पटक दर्ता भएको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओलीकै दलका कारण असफल भएको उनले स्मरण गराए।

प्रधानमन्त्रीले आफूहरूसँग सम्झौता गरेर धोका दिएको उनले बताए।

सरकारले ध्यान नदिँदा नेपालमा कोरोना संक्रमण बढेको यादवले आरोप लगाए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न