ओली फेरि प्रतिनिधिसभा विघटन गर्ने दाउमा : प्रचण्ड


विचार
आयाेमेल संवाददाता
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन

आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै


काठमाडाैं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मौका पाए फेरि प्रतिनिधिसभा विघटन गर्ने दाउमा प्रधानमन्त्री रहेको बताएका छन्। नियमित अधिवेशन बोलाउनुपर्ने समयमा विशेष अधिवेशन बोलाइएकोले यस्तो शंका उब्जिएको प्रचण्डले बताएका हुन्।

प्रतिनिधिसभाको विशेष अधिवेशनमा बोल्दै प्रचण्डले ज्यान गए पनि कुर्सी छोड्ने मानसिकतामा ओली नरहेको बताए। नयाँ सरकार गठन यही प्रतिनिधिसभाबाट संविधानको धारा ७६ (२) अनुसार बन्ने उनले बताए।

‘प्रधानमन्त्रीजीलाई राम्रोसँग थाहा छ यो सदनले उहाँलाई विश्वासको मत दिँदैन,’ उनले भने,‘यो लोकतान्त्रिक प्रक्रिया हुनसक्छ। तर, उहाँले गर्नुभएको अलोकतान्त्रिक क्रियाकलापका कारण मत पाउनसक्ने अवस्था छैन।’

अहिलेपनि राजीनामा गरेर प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नु उपयुक्त हुने प्रचण्डले बताए।

स्थायित्वको परिकल्पना गर्दै संविधान निर्माण गर्दा पनि तीन वर्ष नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउँदा आफूलाई दुःख लागेको उनले बताए।

‘प्रधानमन्त्रीज्यू तपाईं फेरि विघटनको बाटो रोज्न विश्वासको मत त लिन चाहनु भएको होइन? जनतालाई शंका लागेको छ,’ प्रचण्डले भने,‘अदालतको फैसलापछि पनि विश्वासको मत लिनुपर्नेमा तपाईंले लिनु भएन। केवल समर्थन फिर्ता लिन भनिरहनु भयो। तपाईं फेरि विघटन गर्नुहुन्छ भनेर समर्थन फिर्ता लिएनौं।’

नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विशेष अधिवेशन बोलाएकोले आमनागरिकलाई शंका भएको उनले बताए।

‘प्रधानमन्त्रीको हैसियतले विशेष अधिवेशन बोलाउने परिकल्पना गरेको छैन। तर, तपाईंले संविधानको धारा १०० (१) अनुसार अधिवेशन बोलाउनुभयो,’ प्रचण्डले भने,‘कहीँ अलोकतान्त्रिक प्रक्रिया चालेर फेरि विघटन त गनुहुन्न्?’

प्रधानमन्त्री ओली कुरा गर्न सिपालु रहेको प्रचण्डले बताए।

‘तपाईं कुरा गर्न सिपालु हुनुहुन्छ मैले राम्ररी जानेको छु, पालैपालो प्रधानमन्त्री बन्ने सम्झौता तपाईंले तोडेको होइन र?,’ उनले भने,‘कोभिडकै बेला भीडभाड गरेर रथ यात्रा निकाल्नु जरूरी थियो र? त्यही भीडभाडबाट कोरोना संक्रमण फैलिएको होइन र? तपाईंले नै अनुशासन नमान्ने हो भने जनताले किन मान्ने प्रधानमन्त्रीज्यू।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन दुई कम्युनिस्ट घटक अहिले झापामा तछाडमछाड गरिरहेका छन्। झापा क्षेत्र

मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि