प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हाम्रो सहयोग रहन्छ : मेटमणि चौधरी


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


काठमाडौं–नेकपा एमालेको माधव नेपाल पक्षका सांसद मेटमणि चौधरीले प्रधानमन्त्रीविरुद्ध अन्य दलले ल्याएको अविश्वासको प्रस्तावमा सहयोग गर्ने बताएका छन्।

सिंहदरबारमा भएको नेपालपक्षका सांसदको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले आफूहरुको सामूहिक राजीनामाभन्दा पनि आजको प्रतिनिधिसभा बैठकमा सहभागी नहुने निर्णय गरेको बताए। प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।

चौधरीले केपी ओलीको बहिर्गमन नै महत्वपूर्ण कुरा रहेको अविश्वास प्रस्तावमा आफूहरुको भूमिका रहने बताए।

‘अविश्वास प्रस्ताव नै उत्तम विकल्प हो, नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले ल्याउने अविश्वास प्रस्तावमा हाम्रो पनि सहयोग रहन्छ,’ उनले भने।

चौधरीले प्रधानमन्त्री आफंैले राजीनामा दिने र आजै सपथ गराउने तयारी भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने