नेपाल–खनाल पक्ष सामूहिक राजीनामाबाट पछाडि हट्यो, संसद बहिष्कार गर्ने


विचार
आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा

आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको

आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको


काठमाडौं–नेकपा एमालेकाे नेपाल–खनाल समूह सामूहिक राजीनामाकाे अडानबाट पछाडि हटेको छ।

सिंहदरबारमा बसेको उक्त समूहको बैठकले सामूहिक राजीनामाबाट पछाडि हट्दै सोमबार संसदको बैठकमा अनुपस्थित हुने निर्णय गरेको हो।

मतदान प्रक्रियामा अनिवार्य सहभागी हुने पार्टीको ह्विप नमान्ने बैठकपछि नेता भीम रावलले बताए।

मतदानमा सहभागी हुन संसदीय दलले जारी गरेको ह्विप अवैधानिक रहेको बताउँदै उनले एकलौटी हिसाबले गरिएका निर्णयहरू रद्द नहुँदासम्म निर्देशन मान्न बाध्य नरहेको जिकिर गरे।

‘आफूले विश्वासको मत लिन एकदिन मात्र बाँकी रहँदा उहाँले अध्यादेश जारी गरेर संवैधानिक निकायमा नियुक्ति गर्ने असंवैधानिक काम गर्नुभएको छ,’ रावलले भने, ‘मनपरी किसिमले बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर तुल्याउने कामबाहेक अरू केही हुँदैन।’

ओलीलाई विश्वासको मत दिँदा राजनीतिक नैतिकता ध्वस्त हुने निष्कर्ष बैठकले निकालेको रावलले बताए। संविधानको धारालाई अपव्याख्या गरेर प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेकोले सोमबारको बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको उनले जानकारी दिए। यद्यपि, अनुपस्थित हुने सांसदहरूको संख्याबारे रावलले केही खुलाएनन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा महत्वपूर्ण जित निकाल्दै अष्ट्रिया नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार

विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क