नेपाल-खनाल समूहका सांसद बैठकको बीचबाटै निस्केर हिँडेपछि…


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं – नेकपा (एमाले) को माधव नेपाल-झलनाथ खनाल समूहका सांसदहरुको बैठक सिंहदरबारमा जारी छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन आज बिहान ९ बजेसम्म दिएको अल्टिमेटम सकिएपछि उनीहरु आगामी रणनीति तय गर्न सिंहदरवारमा भेला भएका हुन्।

बैठक चल्दै गर्दा केही सांसद बाहिरिएका छन्। मुलधारमै बस्छु भन्दै आएकी पार्वती विशुन्के बैठकबाट रिसाउँदै निस्किएकी छिन् भने अर्की सांसद कलिला खातुन पनि बैठकको बीचबाटै उठेर हिँडेकी छिन्। यस्तै राजबहादुर बुढा पनि केही बेरअघि बैठकबाट बाहिरिएका छन्।

आइतबार साँझ बसेको उक्त समूहका सांसदहरुको बैठकले पार्टी संगठनलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन भन्दै ओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो।

तर, ९ बजेसम्म ओलीपक्षबाट कुनै सकारात्मक पहल नभएकाले अब राजीनामा दिने नै आफूहरुको अन्तिम विकल्प हुने उक्त समूहका सांसदले ठानेका छन्।

प्रधानमन्त्रीसमेत रहेका ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। नेपाल-खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिए बहुमतका लागि विपक्षी गठबन्धनको पल्ला भारी हुनेछ। यस्तोमा ओलीले विश्वासको मत पाउने छैनन् र पदमुक्त हुने अवस्था बन्नेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको