निगरानीमा जसपा सांसद


विचार
आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश

आयाेमेल संवाददाता
अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं…

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको


काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लिन लागेको विश्वासको मतमा प्रतिनिधिसभाको चौथौ ठूलो दल जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना सांसदहरूलाई स्वतन्त्र छोड्ने निर्णय गरेको छ।

लामो रस्साकस्सीपछि आइतबार संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको निवासमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतको प्रस्तावको ‘पक्ष, विपक्ष वा तटस्थ बस्न सांसदहरू आफैंले स्वविवेक प्रयोग गर्ने’ निर्णय गर्‍यो।

विश्वास प्रस्तावको पक्ष, विपक्ष वा तटस्थ बस्ने विषयमा पार्टीभित्र विवाद चलिरहे पनि न जसपाले ठोस निर्णय गर्न सक्यो न आफ्ना सांसदरूलाई ह्विपै जारी गर्‍यो।

जसपा अध्यक्ष महन्थ ठाकुरले संसदभित्र सांसदहरूलाई लोकतान्त्रिक अधिकार प्रयोग गर्न यस्तो निर्णय भएको बताए। पार्टी एकता जोगाउन सबैभन्दा उत्तम विकल्प यही रहेको उनको तर्क थियो।

अध्यक्ष ठाकुरले विश्वासको मतको प्रस्तावमा सांसदहरूलाई निर्णय गर्न स्वतन्त्र छोडिएको बताइरहे पनि अन्तर्य भने फरक देखिएको छ।

जसपाका एक नेताका अनुसार सांसदहरूलाई स्वतन्त्र छोड्ने निर्णय भएपनि प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगर्न पदाधिकारी बैठकले सर्वसम्मतबाट निर्णय गरेको छ।

अध्यक्ष उपेन्द्र यादवले पनि तटस्थ बस्न वा विपक्षमा मतदान गर्न खुला छोड्ने निर्णय भएपनि विश्वासको पक्षमा मतदान गर्ने निर्णय नभएको बताए।

सांसदहरूलाई स्वविवेक प्रयोग गर्न भनिएपनि शीर्ष नेताहरू आ–आफ्ना पक्षीय नेताहरूमाथि दबाब दिइरहेका छन्। बाबुराम–उपेन्द्र पक्षले विश्वासको विपक्षमा र महन्थ–राजेन्द्र पक्षले तटस्थ बस्न सांसदहरूलाई दबाब दिइरहेका छन्।

‘निर्णयलिन सांसदहरू स्वतन्त्र रहने भनिएको छ, तर नेताहरूको तर्फबाट दबाब आइरहेको छ,’ नाम नछाप्ने शर्तमा जसपाका एक सांसदले भने,‘विपक्षमा मतदान नगरे सांसद पद नै समाप्त पारिदिनेसम्मको चेतावनी उपेन्द्रजीले दिइरहनु भएको छ।’

पूर्वसमाजवादी पार्टीबाट निर्वाचित सांसदहरूमाथि कडाइका साथ निगरानी बढाइएको छ।

पार्टीले निर्णयलिन सांसदहरूलाई खुला छोडेपनि विश्वासको पक्षमा मतदान नहुने जसपाका अर्का एक सांसदले दावी गरे।

‘तटस्थ नै बस्नुपर्ने हाम्रो राय छ। पार्टी एकता जोगाउनपनि यसैलाई हामीले सबैभन्दा राम्रो विकल्पको रूपमा हेरेका छौं,’ जसपा सांसद प्रमोद साहले भने,‘विश्वास प्रस्तावको विपक्षमा मतदान भएपनि पक्षमा मतदान हुने सम्भावना देखिँदैन।’

पार्टी एकता जोगाउन कसैको पक्ष वा विपक्षमा नलागेर तटस्थ बस्नु नै उपयुक्त विकल्प हुने जसपा सांसद प्रमोद साह बताउँछन्।

जसपाका महन्थ–राजेन्द्र समूहका सांसदहरू तटस्थ बस्ने र बाबुराम–उपेन्द्र पक्षीय सांसदहरू विश्वास प्रस्तावको विपक्षमा मतदान गर्ने लगभग पक्का छ।

पदाधिकारी बैठकले सांसदहरूलाई निर्णयका लागि खुला छोड्ने निर्णय गरेपनि मतदान हुँदा महन्थ–राजेन्द्र र बाबुराम–उपेन्द्र समूहको दुई प्रष्ट धार देखिने निश्चित छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने

आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो