माग पूरा गरेपनि माधव नेपाल एमालेमा बस्न चाहेका छैनन् : ओली पक्ष


विचार
आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे

आयाेमेल संवाददाता
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र…

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो


सत्तारुढ नेकपा एमालेको ओली पक्षले सबै शर्त पालना गरेपनि माधव नेपाल पार्टीमा नफर्कने दाबी गरेको छ। २०७५ जेठ २ कै अवस्थामा पार्टी संगठनलाई फर्काउनुपर्ने माग राख्दै आएका नेपालले नयाँ पार्टी खोल्ने तयारी गरिसकेको भन्दै उनी कुनै पनि हालतमा एमालेमा नफर्कने ओली पक्षका एक नेताले बताए।

‘पार्टी अध्यक्षले सबै माग पूरा गरेपनि उहाँले अझै अरु नयाँ शर्त राख्नु हुन्छ। किनकी, उहाँ एमालेमा बस्न नै चाहानुहुन्न। हिजो सुवासजीहरुसँगको छलफलमा पनि उहाँको प्रस्तुती त्यस्तै देखिएछ, नयाँ पार्टी खोल्नेसम्मका कुरा गर्नुभएको रहेछ,’ ओलीनिकट एक नेताले आयोमेलसँग भने।

विपक्षी गठबन्धनसँग हात मिलाइसकेको नेपाल समूहले नयाँ पार्टी खोलेर सोही अनुसार चुनावमा होमिने समझदारी बनाइसकेको ती नेताको दाबी छ। ‘उहाँ (माधव) हरुले विपक्षी दलहरुसँग समझदारी नै गरिसकेको कुरा आएको छ। राजीनामाको सट्टा आगामी चुनावमा विपक्षी गठबन्धनले चुनाव जिताउने भनेर कमिट गरेका रहेछन्। त्यसैले अहिलेको राजीनामाको हल्ला र मध्यरातका माग सबै देखाउनकै लागि हुन्,’ती नेताले भने।

नेपाल समूहले आज बिहान ९ बजेसम्म प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको माग पूरा नगरे सामूहिक राजीनामा दिनबाट कसैले रोक्न नसक्ने बताएको छ।

प्रधानमन्त्री ओलीले भने आज संसदमा विश्वासको मत लिँदैछन्। एमालेको यो समूहले सामूहिक राजीनामा दिए संसदमा विपक्षी गठबन्धनको बहुमत पुग्नेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा महत्वपूर्ण जित निकाल्दै अष्ट्रिया नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार