काबुल विद्यालयमा बिस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो


विचार
आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नभई संविधानले नै

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश

आयाेमेल संवाददाता
अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं…

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको


अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीनवटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ६० पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शैयद उल सौहादा माध्यमिक विद्यालय बाहिर शनिबार दिउँसो ४ बजे भएको उक्त बिस्फोटमा १५० भन्दा बढी घाइते भएका छन्।

काबुल प्रहरीका प्रवक्ता फरदौस फरामर्जले एउटा बिस्फोटको प्रारम्भिक अवस्था हेर्दा कार बम बिस्फोटजस्तो देखिएको बताए। अन्य दुईवटा बिस्फोटन भने बारुदी सुरुङबाट भएको प्रवक्ता फरदौसले बताए।

विद्यार्थीहरु विद्यालय छुट्टी भएर आ-आफ्ना घरतिर जानै लाग्दा बिस्फोट भएको थियो। मृतक अधिकांश स्कुलकै विद्यार्थी हुन्। त्यसमा पनि महिलाको संख्या बढी रहेका बताइएको छ।

अफगानिस्तानको सबैभन्दा ठूलो विद्रोही समूह तालिबानले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ। यस घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको तालिबानको आरोप छ।

अफगानिस्तानका राष्ट्रपति मोहम्मद अश्रफ घानीले उक्त आक्रमणको निन्दा एवं भत्सर्ना गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नभई संविधानले नै प्रतिनिधिसभा विघटन गराएको बताएका छन्। सरकारी टिभिमा अन्तरवार्ता दिँदै ओलीले

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने

आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो