काेराेना संक्रमित सांसदलाई विश्वासकाे मतकाे मतदानका लागि छुट्टै व्यवस्था, संसद भवनमा टेन्ट


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


कोरोना संक्रमण भएका सांसदहरुले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेकाे विश्वासको मतको प्रस्तावमा मतदान गर्न पाउने भएका छन् ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले संक्रमित सांसदहरुलाई स्वास्थ्य मापदण्डसहित मतदनाको व्यवस्था गर्ने निर्णय गरेको हो ।

संसद सचिवालयका प्रवक्ता डा. राेजनाथ पाण्डेका अनुसार संघीय संसद् भवनको ल्होत्से हलमा उनीहरुका लागि मतदानको व्यवस्था गरिनेछ। उनीहरुलाई पीपीई लगाएका स्वास्थ्यकर्मीले सहजीकरण गरिदिनेछन् ।

तर बैठक बस्नु अघि भने उनीहरुले संसद भवन परिसरमा टेन्टमा बस्ने व्यवस्था मिलाइनेछ ।

तर काेराेना परीक्षण नगराएका सांसदलाई भने बैठकमा सहभागी हुन दिइनेछैन । अर्थात भाेलिकाे विश्वासकाे मतकाे प्रस्तावमा मतदान गर्न सांसदहरुले काेराेना परीक्षण गराएकै हुनुपर्नेछ ।

यसबाहेक कार्यव्यवस्था परामर्श समितिकाे बैठकले भाेलि सुरु हुने अधिवेशनलाई भाेलिनै अन्त्य गर्ने समझदारी समेत बनेकाे छ ।

दलीय आधारमा सिमित सांसदहरुलाई मात्र बाेल्न दिएर प्रक्रियामा अघि बढ्ने सहमति बनेकाे एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

संसद सचिवालयका अनुसार अहिलेसम्म २८ सांसदलाई काेराेना संक्रमण भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू