भक्तपुरमा मिठाई पसलको अनुगमन


विचार
आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको

आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम


भक्तपुर–भक्तपुर नगरको कमलविनायक र च्याम्हासिंहमा रहेका मिठाई पसलहरुको आइतबार अनुगमन गरिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा ३ का अध्यक्ष राजकृष्ण गोरा नेतृत्वको टोलीले अनुगमन गरेको हो।

विश्वव्यापी महामारी रुपमा नया भेरियन्टसहित फैलिएको नोवेल कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि मातातीर्थ औंसी सामान्यरुपमै सम्पन्न गर्न, मिठाई पसलहरु नखोल्न र मिठाईका सामान नबनाउन अनुरोधका लागि मिठाई पसलहरु अनुगमन गरिएको संयोजक गोराले बताए । निषेधाज्ञामा चिया र मिठाई पसल खोल्न नपाउने भए पनि लुकिछिपि खोलिएका पसलहरुमा अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाएको उनले बताए ।

अनुगमनमा शाक्य स्विट्समा प्याकेजिग सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्रीवितरण गर्न, ढुसी परेको खुवा ६ केजी, म्याद नाघेको खाद्य कलर १ बट्टा र सोही म्याद नाघेको कलर बढी राखी बनाएको लड्डु ११ किलो ५०० ग्राम जफत गरी नष्ट गरिएको छ। साथै एउटा तराजु जफत गरी तीन दिनभित्र कार्यालयमा उपस्थित हुन टोलीले निर्देशन दिएको छ।

त्यस्तै विनायक मिठाई भण्डार पसल नवीकरण गर्नुपर्ने, प्याकेजिङ सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्री गर्न, रंग बढी भएको निम्की ४ किलो ५०० ग्राम जफत गरी नष्ट गरियो । त्यस्तै नवदुर्गा एण्ड चाट हाउस मिठाईमा प्याकेजिग सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्रीवितरण गर्न निर्देशन दिइएको छ। त्यस्तै लक्ष्मी स्वीट्स एण्ड प्यालेसमा प्याकेजिग सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्रीवितरण गर्न, म्याद नाघेको न्यू भक्तपुर चाउचाउ २ पाकेट जफत गरी नष्ट गरिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए।

अनुगमन समितिका भक्तपुर नगरपालिका स्यानिटेसनका वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजूू, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद बाटी, स्वास्थ्य कार्यँलय भक्तपुरका दिलबहादुर बस्नेत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु