एक ग्लास वियरमा हुन्छन् २० लाख फोका


विचार
आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको


जब तपाईं ग्लासमा वियर खन्याउनु हुन्छ, फिंज फुर्रर गरेर बिटसम्मै जान्छ, अझ ढंगले गर्नु भएन भने त पोखिन पनि बेर लाग्दैन।

बुलबुल गर्दै फिंज तैरिंदा कुन बेला घुट्याउँजस्तो भइहाल्छ, विशेष गरी यस्तो गर्मीयाममा। धुपमा चिल्ड बियर! कुरै नगरौं।

वियर खानुअघिको यो रोमान्च पारखी सबैलाई थाहा होला।

तर, थाहा नभएको हुनसक्ने एउटा तथ्य यहाँ दिंदैछौं।

तपाईंलाई थाहा छ, एक ग्लास वियरमा फिंजका कति वटा फोका तैरिन्छन्?

फ्रान्सको रेम्स स्याम्पेन अर्देने विश्वविद्यालयका रसायन भौतिकशास्त्रका प्राध्यापक जेरार्ड लिगर ब्लेयरले यसबारे अनुसन्धानै गरेका छन्।

उनका अनुसार हाफ–पिन्ट (२०० एमएल) वियरमा २० लाख थान फोका उठने रहेछन्। वाफ रे वाफ! त्यति नै परिमाणको च्याम्पेनभन्दा दोब्बर संख्यामा फोका उठ्नेरहेछ। पुरातात्विक प्रमाणका अनुसार मानव जातिले कम्तिमा ५ हजार वर्षअघिदेखि वियर बनाएर पिउन थालेको हो।

अझ वियरको इतिहास १३ हजार वर्ष पुरानोसम्म हुनसक्ने एकथरी अध्येताको दाबी छ। वियर संसारकै सबैभन्दा लोकप्रिय मादक पदार्थ हो। विश्वमा प्रतिवर्ष २०० अर्व लिटर उप्पादन हुनेगर्छ। अनि फिंज र फोकाबिनाको वियर कहिं पनि ‘इन्ज्वोय’ गरिदैन। संसारमा सबैभन्दा लोकप्रिय लेजर वियर हो।

वियर खासमा चार थरी चिज मिलाएर बनाइन्छ– मर्चा हालिएको जौका दाना, हप्स नामक सब्जी, यिस्ट र पानी।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा