ओलीले भने-आफ्नै पार्टीको सरकार ढाल्न लगाएर विरोधीको दिग्विजय गराउने काम नगर्नुस्


विचार
आयाेमेल संवाददाता
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र…

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा

आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको


काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरूको दिग्विजय गराएर उत्सव मनाउने घातक प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त हुन नसक्ने बताएका छन्। विश्वासको मत लिनु अघिल्लो दिन आइतबार प्रधानमन्त्री ओलीले वक्तव्य निकालेर यस्तो भनेका हुन्।

‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूको स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराइ आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भएपनि पार्टीलाई पछाडि छाड्नेजस्ता हानिकार प्रयास भएका छन्,’ उनले भनेका छन्,‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरूको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद प्रवृतिहरूपनि आज देखा परेका छन्। यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् हानिकारक छन्।’

यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी नगर्ने उनले बताएका छन्।

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहाले माफि गर्ला?,’ प्रश्न गर्दै उनले भनेका छन्,‘यस्तो अपराध कर्ममा जानी नजानी कुनैपनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई आग्रह गर्दछु।’

भ्रम फैलाइएजस्ता र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने उनले विश्वास दिलाएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा महत्वपूर्ण जित निकाल्दै अष्ट्रिया नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार

विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई