‘मोदीले ट्विटरमा आफ्ना विरोधी दबाउनमात्रै ध्यान दिए, महामारी रोक्न केही गरेनन्’


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


मेडिकल क्षेत्रमा निकै विश्वसनीय जर्नल ल्यासेन्टले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्दै भनेको छ – उनले ट्विटरमा आफ्नो आलोचनालाई दबाउनका लागि जति ध्यान दिए कोरोना महामारी नियन्त्रणका लागि ध्यानै दिएनन्। जसले गर्दा भारतमा दोस्रो लहरको संक्रमण निकै घातक भएको उसको निश्कर्ष छ।

‘यस्तो मुस्किलको समयमा पनि मोदीले आफ्नो आलोचना तथा खुला बहसलाई दबाउनका लागि निकै कोसिस गरे। जो माफीको लायक नै छैन’ ल्यासेन्टले आफ्नो सम्पादकीयमा भनेको छ।

ल्यासेन्टको रिपोर्टअनुसार आगामी अगस्टसम्ममा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाखसम्म पुग्नसक्छ। यो प्रक्षेपण इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएशनले गरेको हो।

ल्यासेन्टका अनुसार कोरोनाविरुद्ध सुरुवाती आंशिक सफलतापछि सरकारले बनाएको टास्क फोर्सले एउटा पनि काम गरेको छैन।

‘जसको नजिता हाम्रै सामुन्ने छ। अब महामारी बढिरहेको छ। यस्तो बेलामा भारतले नयाँ सिराबाट कदम चाल्नुपर्छ। यसको सफलता त्यो कुरामा निर्भर हुनेछ जब सरकारले आफ्नो गल्ती महसुस गर्छ र देशलाई पारदर्शी तरिकाले नेतृत्व गर्छ’ उसले भनेको छ।

जर्नलका अनुसार वैज्ञानिक आधारमा सरकारले जनस्वास्थ्यसँग जोडिएका कदम उठाउनुपर्नेछ। ट्टयसका लागि खोप अभियानलाई तीव्र पार्न तथा संक्रमण रोक्नका लागि भरपुर कदम उठाउन जरुरी रहेको ल्यासेन्टले सुझाव दिएको छ।

‘जब संक्रमण बढ्दै जान्छ। सरकारले समय समयमा तथ्याङ्कहरू सार्वजनिक गरिरहनुपर्छ। हरेक १५ दिनमा के के कदम उठाइएको छ र अझै के गर्नुपर्छ भनेर सरकारले आफ्ना सबै कामहरू सार्वजनिक गर्नुपर्छ। त्यसमा देशव्यापी लकडाउन गर्ने विषयमा पनि सार्वजनिक रुपमा सरकारले राय माग्नुपर्छ’ ल्यासेन्टले लेखेको छ।

जर्नलले संक्रमणलाई मिहीन तरिकाले बुझ्न र विश्लेषण गर्नका लागि निनोम सिक्वेन्सिङलाई बढाउनुपर्छ। त्यसले महामारीलाई थप फैलिनबाट रोक्नका लागि उठाउनुपर्ने कमदहरू अझ प्रष्ट हुनेछन्।

‘स्थानीयस्तरमा सरकारले संक्रमण रोक्नका लागि कदम चाल्न सुरु त गरेको छ तर यो सुनिश्चित हुनुपर्छ कि मानिसले मास्क लगाएका छन् कि छैनन्। सामाजिक दूरी कायम भएको छ कि छैन वा भीडभाड भएको छ कि छैन’ उसले भनेको छ।

त्यस्तै उसले खोप अभियानलाई तीव्रता दिनका लागि भारत सरकारसामु अझै पनि केही चुनौतीहरू औल्याएको छ। भ्याक्सिनको आपूर्ति बढाउने र त्यसका लागि वितरण केन्द्रहरू बनाउने। त्यसले ग्रामीण क्षेत्रका नागरिकसम्म भ्याक्सिन पुर्‌याउन सजिलो हुने जर्नले सुझाव दिएको छ। किनकि भारतमा अझै पनि ६५ प्रतिशत जनसंख्या स्वास्थ्य सेवाको पहुँचबाहिरै छन्। त्यसका लागि सरकारले स्थानीय तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूसँग मिलेर काम गर्न पनि ल्यासेन्टले सुझाएको छ।

जर्नलमा भारतीय अस्पतालहरूको ताजा अवस्थालाई चित्रण गरिएको छ र त्यसमा स्वास्थ्य मन्त्रीको अभिव्यक्त्तिको पनि चर्चा गरिएको छ। मन्त्रीले भनेका थिए – भारतमा महामारी अन्त्यतिर गइरहेको छ।

जर्नलका अनुसार केही महिना कम संक्रमित भेटिएपछि सरकारले कोरोनालाई हराएको भनेर देखाउन थाल्यो। सरकारले दोस्रो लहरको संक्रमण खतरा अनि नयाँ स्ट्रेनका सन्दर्भमा बैज्ञानिक तथा विज्ञहरूले दिएको सुझाव र चेतावनीलाई वेवास्ता गर्दै गयो।

‘चेतावनीहरूलाई लत्याउँदै सरकारले धार्मिक मेलाहरू भइरहन दियो जसमा लाखौ मानिस भेला भए। अनि चुनावी र्‌यालीहरू पनि थामिएनन्’ उसले लेखेको छ।

जर्नले भारतले सुरु गरेको खोप अभियानमाथि पनि कडा आलोचना गरेको छ।

‘केन्द्रीय स्तरमा खोप अभियान असफल भइसकेको छ। केन्द्र सरकारले खोप अभियान बढाउनका लागि १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई खोप लगाउने बारेमा राज्यहरूसँग छलफल नै गरे। केन्द्र सरकारले यो घोषणा अचानक गरेको थियो जब कि देशभर खोपको अभाव थियो। खोपको आपूर्ति हुन नसक्दा देशमा खोप अभियान अस्तव्यस्त भयो।’

जर्नलका अनुसार महामारीसँग जुध्नका लागि केरल तथा ओडिसा जस्ता राज्यहरूको तयारी निकै थियो। उनीहरूले धेरै भन्दा धेरै अक्सिजन उत्पादन गरिरहेका थिए र अरु राज्यलाई पनि अक्सिजन दिइरहेका थिए। तर महाराष्ट्र तथा उत्तर प्रदेश कोरोनाको दोस्रो लहरसँग जुध्नका लागि तयारै थिएनन्। जसले गर्दा अहिले अस्पतालहरूमा बेडको अभाव, अक्सिजनको अभाव तथा स्वास्थ्य सामग्रीको अभाव अनि दाह संस्कारका ठाउँ खोज्नका लागि पनि यी राज्यहरूलाई हम्मे हम्मे परेको छ।

केही राज्यहरूले त अक्सिजन र अस्पतालमा बेडको माग गरिरहेका अभियन्ताहरूलाई देशको सुरक्षासँग जोडिएको कानुनको दुरुपयोग गरेर कारबाही गरिरहेका छन्।

ल्यासेन्टको यो रिपोर्टको आधारमा विपक्षीहरूले सरकारमाथि फेरि सवाल उठाउन थालेका छन्।

‘ल्यासेन्टको सम्पादकीयपछि यदि सरकारसँग केही लाज बाँकी छ भने उसले सारा देशसँग माफी माग्नुपर्छ’ कंग्रेस नेता तथा पूर्व अर्थमन्त्री पी चिदम्बरमले ट्विट गरेका छन्। उनले स्वास्थ्य मन्त्री हर्षवर्द्धनको राजीनामा पनि मागेका छन्।

त्यस्तै अर्का नेता जयराम रमेशले लेखेका छन् ‘सरकारमा ढ्याङ्ग्रो ठटाउनेहरूले ल्यासेन्टको त्यो सम्पादकीयमा पनि आफ्नो तारिफ नै देखेका होलान्।’

त्यस्तै सांसद महुआ मोइत्राले भनेकी छिन् ‘ल्यासेन्टले भनेको छ कि यो आफैले निम्त्याएको विपत्ति हो। बाबा रामदेवले तिमीले महान काम गरिरहेका छौ मोदीजी भन्दैमा के फरक पर्छ र!’

मुम्बई कंग्रेसले भनेको छ – विश्वकै सबैभन्दा विश्वसनीय मेडिकल जर्नलले भनिदिएको छ कि सरकारले पहिलो लहरमै महामारीमाथि जितको घोषणा गरिदियो। अनि सारा देशलाई नै विश्वसामु हाँसोको पात्र बनाइदियो।’ एजेन्सीकाे सहयाेगमा


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको