अक्सिजनको चरम अभाव : निजी अस्पतालले कोरोना संक्रमितलाई भर्ना लिन छाडे


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडाैं–देशभर दिनहुँ कोरोना संक्रमित बढ्दै गइरहेका बेला निजी अस्पतालले भने संक्रमित भर्ना लिन छाडेका छन्। अक्सिजन तथा जनशक्ति अभाव भएको भन्दै अस्पतालले भर्ना रोकेका हुन्।

उपत्यकाका अधिकाशं निजी अस्पतालका शय्या कोरोना संक्रमितहरुले भरिइसकेका छन् भने आकस्मिक कक्षमा समेत बेडका लागि लाइन लाग्न थालेपछि भर्ना रोक्नुपरेको अस्पतालहरुले जनाएका छन्।

बसुन्धरास्थित ग्रीन सिटी अस्पतालका मेडिकल डाइरेक्टर डा रोमियो कंसाकारले अस्पतालमा भएका सबै शय्या कोरोना संक्रमित तथा अन्य रोगका विरामीहरुले भरिएको बताएका छन्।

उनले अस्पतालको आकस्मिक कक्षमा सबै विरामी कोरोना संक्रमित रहेको र झण्डै १० जना संक्रमितहरु शय्याका लगि अस्पताल परिसरमै कुरेर बसेको बताए।

‘हामीले अब चाहेर पनि थप बिरामी भर्ना गर्न सक्दैनौं। हामीसँग विरामीलाई पुग्दो मात्रामा अक्सिजन नै छैन। आजसम्म जसोतसो चलाइरहेका छौं,’ उनले भने।

अस्पतालसँग सोमबार बिहान ४ वजे सम्मका लागि मात्र अक्सिजन रहेको उनले बताए। ‘हरेक ३ घण्टामा अक्सिजन फेरिरहनुपर्छ। हामीसँग मात्र ५० वटा अक्सिजन सिलिण्डर छन्। पहिले सामान्य अवस्थामा यसले पुग्थ्यो भने अब यसले थेग्नै सक्दैन,’ कंसाकारले भने।

अस्पतालले हरेक दिन अक्सिजक कम्पनीहरुसँग हारगुहार गरेर ल्याउने गरेको उनले बताए।

‘हामीले अस्पतालमा शय्या बढाउने बारेमा सोचिरहेका छौं, तर हाल भइरहेको अक्सिजन तथा जनशक्ति अभावका कारण कुनै कदम अगाडि बढाउन सकिरहेका छैनौं,’ उनले भने।

हाल अस्पतालमा १५ स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संक्रमित भइसकेका छन्। अस्पतालले थप स्वास्थ्यकर्मीको दरबन्दी आह्वान पनि गरेको छ, तर सबै अस्पतालहरुमा जनशक्तिको माग भएका कारण स्वास्थ्यकर्मीहरुको अभाव भएको उनले बताए।

अक्सिजनकै कारणले अल्का अस्पताल, जाउलाखेल, काठमाण्डौ मेडिकल कलेज तथा शिक्षण अस्पताल सिनामंगल, स्टार अस्पतालहरुले पनि नयाँ बिरामी भर्ना तत्कालका लागि रोकेका छन्।

अल्का अस्पतालका अध्यक्ष कुमार थापाले अस्पतालसँग अक्सिजन प्लान्ट भइकन पनि विरामीलाई अपुग भएको बताए।

‘अक्सिजन अभाव भइभइकन पनि हामीले थप विरामी भर्ना लिन सक्दैनौं। विरामीको चाप र अस्पतालका सबै बेड भरिएका कारण पनि भर्ना लिन नसक्ने अवस्थामा पुगेका हौं,’ उनले भने।

त्यस्तै सोमबार एक एकदिनका लागि केएमसी अस्पतालमा पनि भर्ना रोकिएको एक चिकित्सकले बताए। ‘हरेक विरामीलाई अक्सिजनकै आवश्यकता परेको छ भने थप भर्ना लिँदा पुराना विरामीलाई अक्सिजन दिन नसकिने हुँदा भर्ना बन्द गरिएको हो,’ उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अक्सिजन उत्पादकहरुलाई सरकारको स्वीकृतिविना कसैलाई बिक्री नगर्न निर्देशन दिएको छ । सबै अस्पतालहरुलाई मन्त्रालयले नै आपूर्ति गर्ने जनाइएको छ

तर निजी अस्पतालहरुले सरकारसँग अक्सिजनको माग गर्दा मन्त्रालयले सबैलाई हेर्न नसक्ने, आफूले पनि व्यवस्था गर्नुपर्ने जवाफ दिएपछि अस्पतालहरु अलमलमा परेका छन्।

डा। कंसाकारका अनुसार सरकार आफैँले अक्सिजन आपूर्तिमा सहयोग गर्ने निर्णय गरे पनि अस्पताललाई आफैँ व्यवस्था गर्नू भन्ने प्रतिक्रियाले अन्योल सृजना गरेको छ।

‘सबै अक्सिजन उत्पादकहरुलाई आफैँले वितरण गर्न रोक लगाउने, अनि हामीले पनि खरिद गर्न पाएनौं भने कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा अलमलिएका छौं। सरकारले अस्पतालका विरामीको अनुपातमा अक्सिजन वितरण गरे हामीलाई पनि सजिलो हुने थियो,’ कंसाकारले भने।
त्यस्तै मेडिसिटि अस्पतालले बिरामी भर्ना नरोके पनि शय्या भरिएको अस्पतालका प्रबन्धक बिजय रिमाल बताउँछन्। अक्सिजन अभावका कारण ५० बेड थप्ने योजना पनि केही समयका लागि थातिँ राखिएको छ।

‘बिरामीका लागि जसोतसो अक्सिजन व्यवस्थापन गरिरहेका छौं, तर पनि जति माग छ, त्यति पूर्ति गर्न सकिरहेका छैनौं। हरेक दिन अस्पताललाई ३०० सिलिण्डर अक्सिजन चाहिन्छ।’

‘सरकारको निर्णयबाट अस्पतालहरुको माग अनुसार अक्सिजन व्यवस्थापन भए सबैलाई सुविधा हुने थियो। तर अक्सिजन पाउनबाट रोकेर हरेक अस्पतालमा विरामीको अनुपातमा अक्सिजन दिन नसके अवस्था निकै भयावह हुनेछ, उनले भने, ‘सरकारले यसबारे पनि सोच्न जरुरी छ।’
हाल निजी अस्पतालहरु अक्सिजन खरिदका लागि सिफारिस लिन मन्त्रालय धाइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको