महन्थ र राजेन्द्र भारतीय दूतावासमा


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भारतीय दूतावास पुगेका छन्। ठाकुर र महतो केहीबेरअघि लैनचौरस्थित भारतीय दूतावास पुगेको स्रोतले जनाएको छ।

‘दुवै नेता दूतावास पुग्नु भएको छ भित्रै हुनुहुन्छ,’ जसपा निकट स्रोतले भन्यो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनु एक दिनअघि दुवै नेताको भारतीय दूतावास प्रवेशलाई अर्थपूर्ण रूपमा लिइएको छ।

ठाकुर र महतोले आजै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।

भेटवार्तामा आफूहरू विश्वासको मत नदिएर तटस्थ बस्ने दुवै नेताले प्रधानमन्त्री ओलीलाई सुनाएका थिए।

ओलीले विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा नलाग्न आग्रह गरेका थिए।

त्यसअघि ठाकुर र महतोले बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।

उनीहरूले देउवालाई पनि विश्वासको मतको पक्ष र विपक्षमा नलागेर तटस्थ बस्ने बताएका थिए।

प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मतबारे आधिकारिक धारणा तय गर्न आजै जसपा पदाधिकारीहरूको बैठकपनि बसिरहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको