लुम्बिनी : विशेष अधिवेशन बोलाउन विपक्षी गठबन्धनको माग


विचार
आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको

आयोमेल संवाददाता
हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको


काठमाडौं–लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव गरेसँगै विपक्षी गठबन्धनले विशेष अधिवेशन बोलाउन समावेदन दर्ता गर्ने भएका छन्।

नेपाली कांग्रेस लुम्बिनीका प्रमुख सचेतक फकिरुद्धिन खानले विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष समावेदन दिन जाने तयारी भइरहेको बताए।

‘मुख्यमन्त्रीमाथि हाम्रो अविश्वास कायमै छ। अविश्वास प्रस्ताव दर्ता भइसकेको छ,’ आयोमेलसँग खानले भने,‘विशेष अधिवेशन बोलाउन समावेदन दिन हामी केही बेरपछि प्रदेश प्रमुखकहाँ जाँदै छौं।’

खानका अनुसार कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका २ र राष्ट्रिय जनमोर्चाका एक गरी ४० जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको छ।

‘मुख्यमन्त्रीले छलछाम गरेर नियमित अधिवेशन अन्त्य गर्नुभयो। उहाँप्रति हाम्रो अविश्वास कायमै छ,’ उनले भने,‘फेरि सबै प्रक्रिया पूरा गरेर अगाडि बढ्दै छौं।’

७९ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि बहुमत संख्या पुर्‍याउन ४० सदस्यको समर्थन चाहिन्छ।

पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै कारबाहीपछि जसपाका ४ प्रदेश सदस्य पदमुक्त भइसकेका छन्।

यसैगरी तत्कालीन नेकपाबाट उपनिर्वाचनमा निर्वाचित विमला वली माओवादी केन्द्रमा प्रवेश गरिसकेकी छिन् भने नेकपा एमालेका दुई प्रदेशसभा सदस्यले राजीनामा दिइसकेका छन्।

यसअघि विपक्षी गठबन्धनले दर्ता गराएको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन वैशाख १९ गते मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा गरेका थिए। र, कामचलाउ मुख्यमन्त्रीको हैसियतमै प्रदेशसभाको अधिवेशन अन्त्य गर्न लगाएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले

भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका रुपमा परिचित हुँदैथियो। साँझ पर्नेबित्तिकै झिलिमिली हुने यो बजार असार