खोप कमिसनको लडाइँ : ‘ड्यामेज कन्ट्रोल’ निम्ति आधार बनाइएको सेरमको पत्र नै झुट


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत सेरम इन्स्टिच्युट अफ इन्डियाले भवनमा आगलागीका कारण कोभिसिल्ड दिन नसकेको भन्दै खोप आपूर्तिमा आफ्नो कमजोरी लुकाउने प्रयत्न गर्‍याे।

त्यही मन्त्रालयमा अझै स्वास्थ्यमन्त्रीका रूपमा आसिन हृदयेश त्रिपाठीले चाहिँ सेरमका नेपाली एजेन्टहरू (प्रधानमन्त्री केपी ओलीनिकट व्यापारीहरू) बाट अवरोध भएका कारण खोप ल्याउन असफल भएको दाबी गर्दै आएका थिए। उनले आगलागीको कुरा गरेनन्।

त्रिपाठीको उक्त भनाइले छेडिएको राष्ट्रिय चर्चा सेलाउन नपाउँदै उनले आफ्ना कर्मचारीमार्फत वक्तव्य जारी गर्न लगाए, सेरमले गत मार्च ३ मा स्वास्थ्य सेवा विभागलाई पठाएको पत्रलाई उद्धृत गर्दै।

उक्त पत्रमा सेरमले ‘आगलागीका कारण’ लाई खोप आपूर्तिमा असमर्थताको आधार देखाइएको छ। त्रिपाठी उक्त वक्तव्य जारी गर्न किन राजी भए भन्ने यतिबेला चासोको विषय बनेको छ। सेरमका नेपाली एजेन्ट तथा प्रधानमन्त्रीनिकट विवादास्पद व्यापारी सुरज वैद्यले उक्त वक्तव्यलाई ‘इम्बेड’ गर्दै सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेका छन्।

उनले भनेका छन्– ‘म एउटा जिम्मेवार र सरकारलाई अप्ठेरो समयमा सहयोग गर्ने नागरिक हुँ, यो वक्तव्यले ममाथि गरिएका शंकालाई दूर गर्छ होला भन्ने आसा राख्दछु।’

वैद्यले यो वक्तव्यलाई यति अपनत्वका साथ सम्बोधन गर्नुले उनी अर्थात प्रधानमन्त्री समूह र स्वास्थ्यमन्त्री त्रिपाठीबीच सुलह संवाद भएको हो कि भन्ने अनुमानलाई बल दिएको छ।

पत्र आफैंमा झुट

सेरमले नेपाल सरकारले भुक्तानी पठाइसकेको २० लाख डोजमध्ये आपूर्ति गर्न बाँकी १० लाख डोजका सन्दर्भमा लेखेको यो पत्रको व्यहोरा झुट र प्रभावमा पठाइएको भन्ने सेरमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आदर पुनावालाकै अन्य सार्वजनिक अभिव्यक्तिबाट पुष्टि हुन्छ।

जनवरी २१ मा सेरमको एउटा नयाँ भवनमा आगलागी भएको थियो। त्यसको भोलिपल्टै पुनावालाले पत्रकार सम्मेलन गर्दै उक्त घटनाका कारण कोभिसिल्ड उत्पादनमा असर नगर्ने प्रष्ट पारे।

घटनाबारे जानकारी लिन सेरम मुख्यालय नै पुगेका महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकेरलाई सँगै राखेर पत्रकार सम्मेलन गरेका उनले भनेका थिए– ‘यो आगलागीले अक्सफोर्ड–अस्ट्राजेनेका कोभिसिल्ड भ्याक्सिन उत्पादनमा असर पार्दैन, किनकि हामीसँग धेरैवटा भण्डार सुविधा छ। र, अहिले त्यहाँ कुनै भ्याक्सिन उत्पादन भइरहेको थिएन। खासमा यो नयाँ भवन हो र बिसिजी, रोटाभाइरस भ्याक्सिन उप्पादनका लागि यो निर्माण गरिएको हो। भौतिक क्षति चाहिँ करिब १ हजार करोड भारुबराबरको हुन गयो।’

उक्त पत्रकार सम्मेलनलाई भारतका सबैजसो मूलधारका सञ्चारमाध्यमले प्रमुखताका साथ ठाउँ दिएका थिए।

सार्वजनिकरूपमै कोभिसिल्ड उत्पादनमा असर नपर्ने घोषणा गरे पनि नेपालको स्वास्थ्य सेवा विभागलाई पठाएको पत्रमा चाहिँ ‘हाम्रो एउटा भवनमा भएको आगलागीले हाम्रो मासिक उत्पादन क्षमता अभिवृद्धिमा वाधा खडा गरेको छ’ भन्ने व्यहोरा उल्लेख छ।

नेपाल सरकारले सेरमको उक्त पत्रको जवाफ दिएको छ न त्यसको सत्यपुष्टिमै ध्यान दिएको छ। बरु, आयोमेल ले पत्र सार्वजनिक गरेको केही दिनमै स्वास्थ्य मन्त्रालयले खोप आपूर्ति प्रक्रियामा कमिसनका लागि शंकास्पद भूमिका खेलेका सुरज–ऋतु वैद्य, विजय दुगडलगायत व्यापारीलाई सजिलो पार्ने गरी वक्तव्य जारी गर्नपुग्यो।

बालुवाटारको मध्यस्थता कमिसन काण्डले आफूद्वारा संरक्षित व्यापारी र स्वास्थ्यमन्त्रीबीचको द्वन्द्व बाहिरिएपछि प्रधानमन्त्री पक्षले पछिल्ला दिनमा केही ‘मध्यस्थता’ गरी ‘ड्यामेज कन्ट्रोल’ गर्न खोजेको स्रोतहरू बताउँछन्।

बालुवाटारबाट प्रधानमन्त्री ‘सर्कल’ का एक वरिष्ठ अधिकारीले सुरज वैद्यलाई फोन गरी ‘अप्ठेरो पर्ला जस्तो छ, छिटाे एउटा वक्तव्य जारी गर्न लगाउनू’ भनेर अह्राएको थियो। बालुवाटारबाट उक्त फोन आएसँगै वैद्यले ट्विटरमा स्वास्थ्यमन्त्रीलाई आफूमाथिको आरोप पुष्टि गर्न चेतावनी दिएका थिए।

उता, विजय दुगडले चाहिँ सेरमको आधिकारिक एजेन्ट भनेर दर्ता भएको हुकुम इन्टरप्राइेजेजका तर्फबाट खण्डन वक्तव्य जारी गरेका थिए। बालुवाटारको मध्यस्थता चल्ने क्रममै एजेन्टहरूले सेरमबाट मगाएको उक्त पत्रलाई आधार बनाएर वक्तव्य जारी गर्न लगाइएको स्रोत बताउँछ।

प्रधानमन्त्री ओली विश्वासको मतको तनावमा रहेका बेला आफ्नो समर्थनमा रहेका स्वास्थ्यमन्त्रीलाई प्रतक्ष चिढाउन नहुने, आफ्ना प्रिय व्यापारीलाई पनि जोगाउनुपर्ने बाध्यतमा छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको