नेउवा महासंघको ‘हेल्लो डाक्टर’ सुरु


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नयाँ भेरिएन्टको संक्रमण महामारीबाट आक्रान्त सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखेर ‘एफएनसिसिआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियान सुरु गरेको छ।

महासंघका अनुसार अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा ‘हेल्लो डाक्टर’ सुरु गरिएको र थप कार्यक्रम ल्याउनृ तयारी रहेको महासंघले जनाएको छ। हेल्लो डाक्टर कार्यक्रममा सामाजिक सञ्जाल भाइबरको सहकार्य छ भने डाक्टर अन कलका चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा दिनेछन्।

हेल्लो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिने काम आज आइतबारबाट सुरु भएको छ। कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह वा परामर्श लिन कठिनाइ भएकाले हेल्लो डाक्टरमार्फत सहयोग लिनसक्ने छन्। हेल्लो डाक्टर, भाइबरमार्फत कोभिड संक्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराइ परामर्श दिने काम हो।

महासंघका अनुसार सुरुवातमा पाँच डाक्टरहरूबाट परामर्श थालिएको छ। त्यसका लागि बिहान ९ देखि मध्याह्न १२ बजेसम्म र दिउँसो ३ देखि साँचm ६ बजेसम्मको समय छुट्ट्याइएको छ। नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्ने छ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ। त्यसपछि डाक्टरले भिडियो कलमार्फत बिरामीसँग संवाद गरी स्वास्थ्य परामर्श दिनेछन्। म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनुपर्ने छ। यो सेवा निःशुल्क हुने छ भने देशभरिका सबै संक्रमितले सेवा लिन सक्नेछन्।
संक्रमितलाई प्रविधिमार्फत डाक्टरहरूसंँग प्रत्यक्ष भेट गराई स्वास्थ्य परामर्श दिने र आपतकालीन अवस्थाबाहेक अस्पतालसम्म जानु नपर्ने वातावरण बनाइदिने उद्देश्यले कार्यक्रम सुरु गरिएको महासंघले जनाएको छ।

हेल्लो डाक्टरमार्फत सिधै डाक्टरसँग परामर्श गर्न पाइने हुँदा कोभिड संक्रमितमा देखिने चिन्ता कम गर्न र बिरामीको आत्मबल बढाउन सहयोग पुग्ने महासंघका अध्यक्ष शेखर गोल्छाको भनाइ छ। यो अभियानबाट सबैलाई लाभ उठाउन उनले आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको