अक्सिजन बिक्रि गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस अनिवार्य


विचार
आयाेमेल संवाददाता
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन

आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ।

मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको हो।

मन्त्रालयको विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका महाशाखा प्रमुख डा गुणराज लोहनीले सूचना जारी गर्दै कोभिड–१९ को दोस्रो लहरका कारणले धेरै सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले ग्यास उत्पादकलाई मन्त्रालयको सिफारिसविना अस्पताललाई ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेका छन्।

‘कोभिड–१९ महामारीको दोस्रो लहरमा धेरै सङ्क्रमितलाई अक्सिजनको आवश्यकता परिरहेको सन्र्दभमा अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न आवश्यक भएकाले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई ग्यास सिलिण्डर भरी बिक्री वितरण नगर्न हुन अनुरोध गरिन्छ’, जारी सूचनामा छ।

मन्त्रालयले कान्तिपुर अक्सिजन प्रालि, सगरमाथा अक्सिजन प्रालि, अक्सिटेक अक्सिजन प्रालि, नवज्योति अक्सिजन प्रालि, हाम्रो अक्सिजन प्रालि, सोपान फर्मास्युटिकल्स प्रालि, हिमाल अक्सिजन प्रालि, सीता अक्सिजन प्रालि, शंकर अक्सिजन प्रालिलगायत सबै अक्सिजन ग्यास आपूर्तिकर्तालाई पत्र लेख्दै मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन बिक्री गर्न अनुरोध गरेको छ।

सूचनामा मन्त्रालयको सिफारिसविना बिक्री वितरण गरिएको पाइएमा कारबाही गर्नेसमेत जनाइएको छ। सरकारले अक्सिजनको अभाव हुन नदिनका लागि चीन सरकारबाट २० हजार खाली अक्सिजन सिलिण्डर ल्याउन थालेको छ।

पहिलो चरणमा ४०० खाली अक्सिजन सिलिण्डर ल्याउन यही वैशाख २७ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन जाँदैछ। नेपालमा अहिले अक्सिजन सिलिण्डरको सङ्ख्या छ हजार २८८ रहेको छ। दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन दुई कम्युनिस्ट घटक अहिले झापामा तछाडमछाड गरिरहेका छन्। झापा क्षेत्र

मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि