झापाबाट १३३ अक्सिजन सिलिन्डर बरामद


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


झापा – स्वास्थ्य संस्थाबाहेक आवश्यकताभन्दा बढी मौज्दात गरिएका र अनाधिकृत रुपमा राखिएका अक्सिजनका सिलिन्डर खोज्न झापामा प्रहरी परिचालन गरिएको छ। दोस्रो लहरको कोरोना संक्रमण तीव्र भएसँगै अक्सिजन अभाव हुन नदिन झापा प्रहरीले अक्सिजन सिलिन्डर खोज्न प्रहरी परिचालन गरेको हो। त्यसरी परिचालित प्रहरीले जिल्लाका विभिन्न स्थानबाट खाली तथा भरीसहित १३३ वटा अक्सिजन सिलिन्डर संकलन गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रबाट ९०, धुलाबारी क्षेत्रबाट १९, दमक र काँकडभिट्टा क्षेत्रबाट १२/१२ थान सिलिन्डर संकलन गरेको छ। कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेकाले विभिन्न उद्योग, कलकारखाना तथा ग्यारेजमा रहेका अक्सिजनका सिलिन्डर प्रहरीले संकलन गरेको हो।

संकलित सिलिन्डर दमकको मातृका ट्रेडर्स, बिर्तामोडको कपुरी ब्रदर्सलगायत सप्लायर्समा पुनः भर्नका लागि पठाइएको छ। कोरोनाका बिरामी उपचार गर्ने अस्पताललाई ती सिलिन्डर प्रयोग गर्न दिइने प्रवक्ता थापाले जनाए। झापामा पालिकाहरुले स्थापना गरेकाबाहेक दमकको एडभान्स, बिर्तामोडको बिर्तासिटी र विएण्डसी निजी अस्पताल र भद्रपुरको मेची प्रादेशिक सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार हुँदै आएको छ। झापामा थप केही अक्सिजन सिलिन्डर व्यक्ति वा संस्थाले लुकाएर राखेको हुनसक्ने प्रहरी दाबी छ। प्रहरीले संकलन गरेका अक्सिजन सिलिन्डर अन्य स्वास्थ्य संस्थाले प्रयोग गर्नुपर्ने भए प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने नियम बनाइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको