राजीनामा बुझाउनुअघि नेपाल-खनाल समूहको छुट्टै बैठक बस्दै


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं – पार्टी अध्यक्ष केपी शर्मा ओलीले बाध्य पारेको भन्दै राजीनामा पत्रमा हस्ताक्षर गरेको सत्तारुढ नेकपा एमालेको खनाल-नेपाल समूहका सांसदहरुले अझै पनि एकताका लागि प्रयास गर्न सकिने बताएका छन्।

आज दिउँसोसम्म राजीनामा पत्र बुझाउने तयारी गरेको यो समूहले संवादका लागि ओलीले ढोका नखोले पार्टी फुटको जिम्मासमेत उनैले लिनुपर्ने ठानेका छन्।

‘आज दिनभरिमा प्रयास गरौं, असम्भव केही छैन। यदि, त्यसो भएन भने पार्टी फुट र हाम्रो राजीनामाको कारक केपी ओली हुनेछन्,’ उक्त समूहका एक सांसदले भने।

यद्यपि, राजीनामा दिने कुरामा यो समूहभित्रै मतभेद छ। २२ गते संसद भवनमा पिसिआर परीक्षणका लागि पुगेका सुरेन्द्र पाण्डेले राजीनामा नदिने बताएका थिए। उनले भनेका थिए, ‘पार्टीभित्रको विवाद पार्टीमै समाधान गर्छौं, राजीनामा दिँदैनौं।’

सोही दिन, नेपाल समूहकै अर्की एक समानुपातिक सांसदलेसमेत अरुले राजीनामा दिए पनि आफू नदिने बताएकी थिइन्। आफ्ना नेताहरुसँगको आन्तरिक छलफलमा उनले भनेकी थिइन्, ‘तपाईंहरु जे गर्नुस्, म चैं राजीनामा दिन्न, कारबाही गरे बरु भोग्न तयार छु।’

राजीनामाअघि छलफल

आज दिउँसोसम्म कुनै प्रगति नभए राजीनामा बुझाउने मुडमा पुगिसकेको यो समूहले त्यसअघि नै आफ्ना सांसहरुसँग छलफल गर्दैछ। दिउँसो ३ बजे सिंहदरवार आसपास र त्यसअघि भर्चुअल माध्यमबाट छलफल गर्ने तय भएको उक्त समूहका एक नेताले बताए।

‘राजीनामाअघि हामी पुन: बैठकमा बस्दैछौं,’ एक नेताले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको