ओलीले बोलाएको संवैधानिक परिषद बैठक आज, सहभागी होलान् प्रधानन्यायाधीश?


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद बैठक आज बस्दैछ। संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्न आज बिहान ९ बजे ओलीले परिषदको बैठक बोलाएका छन्।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुखले सहभागी नहुने बताइसकेका छन्। तर, प्रधानन्यायाधीशले के गर्छन् भन्ने स्पष्ट भइसकेको छैन। तर, बैठकमा सहभागी नहुन उनीमाथि चौतर्फी दबाब आइरहेको छ।

बैठकमा तीनजना मात्रै भए पनि निर्णय वैध हुने व्यवस्था नयाँ अध्यादेशमा गरिएको छ। देउवा र सभामुख उपस्थित नभएपनि प्रधानन्यायाधीश र राष्ट्रियसभाका अध्यक्षमात्र उपस्थित भएपनि कोरम पुग्ने छ। अध्यक्ष गणेश तिमिल्सिना प्रधानमन्त्रीका हरेक कदमलाई साथ दिँदै आएकाले उनी सहभागी हुने लगभग निश्चितजस्तै छ। प्रधानन्यायाधीशले के गर्छन् त्यो भने हेर्न बाँकी छ।

परिषदको अध्यक्षमा प्रधानमन्त्री रहन्छन् भने सदस्यमा सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता सदस्यका रूपमा रहन्छन्। हाल उपसभामुखको पद रिक्त रहेको छ।

यता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषदको बैठक स्थगन गर्न आग्रह गरेका छन्। प्रेस वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुखलेसमेत भाग नलिने जनाएकाले उनले बैठक स्थगित गर्न आग्रह गरेका छन्। प्रचण्डले बैठक संवैधानिक संरचनाको गरिमामा चुनौती थप्ने मनसायका साथ हुन लागेको जनाउँदै सहभागी नहुन संवैधानिक परिषदका सबै सदस्यसँग अनुरोध पनि गरेका छन्।

देउवाले पनि संविधानको मूल मर्म विपरीत संवैधानिक संरचनालाई नै भत्काउने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाउँदै बैठकमा भाग नलिने बताइसेका छन्। ‘संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरीत, संसदीय मूल्य, मान्यता प्रतिकूल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आह्वान गर्दछु’, देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने