तीन खेल अगावै उपाधि जित्ने सिटीको लक्ष्यमा चेल्सीको अवरोध


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं – इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीलाई चेल्सीले पराजित गरेको छ। योसँगै तीन खेल अगावै लिगको उपाधि जित्ने सिटीको लक्ष्य केही पर धकेलिएको छ। लिगको उपाधि जित्न सिटीलाई एक जित आवश्यक छ वा म्यान्चेस्टर युनाइटेडको एक हार। आज हुने एस्टन भिल्लाविरुद्धको खेलमा पराजित भए सिटीले प्रिमियर लिगको उपाधि उचाल्नेछ।

शनिबार राति भएको खेलमा सिटीले चेल्सीसँग २-१ ले पराजित भयो। घरेलु मैदानमा भएको खेलमा सिटीले एक गोलको अग्रता जोगाउन सकेन। यतिमात्रै होइन उसले पाएको एक पेनाल्टीको अवसरमासमेत गोल गर्न सकेन। सिटीका रहिम स्टर्लिङले ४४ औं मिनेटमा गोल गर्दा सिटीले अग्रता बनाएको थियो। पहिलो हाफको इन्जुरी समयमा सिटीले अग्रता दोब्बर बनाउने अर्को सुनौलो मौका पाएको थियो। ग्याब्रियल जिससलाई विपक्षी खेलाडीले लडाएपछि पाएको पेनाल्टीको अवसरलाई सर्जियो अगुइरोले गोलमा परिणत गर्न सकेनन्। उनको प्रहार निकै फितलो रह्यो।

पहिलो हाफमा १-० ले पछि परेको चेल्सीले दोस्रो हाफको ६३ औं मिनेटमा बराबरी गोल फर्कायो। खेलको इन्जुरी समयमा चेल्सीले बाजी मार्यो। उसका एलोन्सोले ९२ औं मिनेटमा गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे।

शीर्ष स्थानको सिटीले ३५ खेलबाट ८० अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको युनाइटेडले ३३ खेलबाट ६७ अंक जोडेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको