नेपाल-खनाल समूहका सांसदले गरे राजीनामा पत्रमा हस्ताक्षर, भन्छन्ः ओलीले बाध्य बनाए


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडाैं

सत्तारुढ नेकपा एमालेभित्रको विवाद समाधानका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लचकता नदेखाएपछि अन्ततः माधव नेपाल-झलनाथ खनाल समूहले राजीनामा दिने बाध्यात्मक अवस्थामा पुगेका बताएका छन् ।

त्यसका लागि उनीहरुले राजीनामा पत्रमा हस्ताक्षरसमेत गरिसकेको उक्त समूहका एक सांसद झपट रावलले आयोमेललाई जानकारी दिए ।

‘हामीले उहाँलाई प्रधानमन्त्रीमा टिकाइराख्नु पर्ने तर फरक मत राख्नासाथ उहाँ हामीमाथि कारबाहीको डण्डा चलाउन चाहनुहुन्छ, त्यसैले हामी बाध्य भएका छौं,’ सांसद रावलले भने,‘हामीले राजीनामा पत्र लेखिसकेका छौं, सम्भवतः आइतबार नै संसदमा बुझाउँछौं ।’

विवाद समाधानका लागि दोस्रो तहका नेताहरु लागि परिरहेकै बेला राजीनामा पत्र तयार गर्नुलाई सांसद रावलले बाध्यता भनेका छन् ।

‘यो त केपी ओलीले गरेको सामूहिक हत्या हो, उहाँले हामीलाई एमाले हुन नै दिनुभएन, न हामीले हाम्रा कुरा राख्न पाउने भयौं, त्यसैले अपमानित भएर बस्नुभन्दा हामीले याृे निर्णय लिने मोडमा पुगेका हौं,’ रावलले भने ।

रावलका अनुसार अहिले प्रत्यक्ष निर्वाचित २२ सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् ।‘अहिले २२ जना प्रत्यक्ष सांसद छौं, समानुपातिक सांसदहरुले गर्ने क्रम जारी छ।’

विवाद समाधानका सबै विकल्प सकिएकै हुन् त भन्ने आयोमेलको प्रश्नमा उनले अन्तिम समयसम्म एमालेलाई बचाइराख्ने आफूहरुको योजना भने कायम राख्ने बताए ।

२०७७ साल फागुन २३ गते सर्वोच्चको फैसलाले नेकपा खारेज गरेर एमालेलाई पूर्ववत अवस्थामा फर्कादिए पनि नेकपा हुँदाको बैमनस्यता र विवाद साम्य हुन सकेन, बरु झन् झन् बढ्दै गयो । फलतः ओलीले फागनु २८ गते एकलौटी केन्द्रीय कमिटीको बैठक डाकेर नेपाल खनाल समूहका नेताहरुको जिम्मेवारी खोसिदिए भने अवैधानिक विधान संशोधन गरेर माओवादी केन्द्रबाट गएका नेताहरुलाई पार्टीमा भित्राए । जसले चिँडिएको यो समूहले पनि ओलीविरुद्ध लाग्ने भन्दै देशैभर समानान्तर गतिविधिलाई तीब्रता दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको