आफूलाई चमत्कारी भन्ने प्रधानमन्त्रीको अकमर्ण्यताका कारण जनता संकटमा : गगन थापा


विचार
आयाेमेल संवाददाता
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन

आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै


काठमाडौं

नेपाली कांग्रेसका नेता गगन थापाले आफूलाई चमत्कारी भन्ने प्रधानमन्त्रीको अकमर्ण्यताका कारण सारा मुलुक अहिले कोरोनाको संकटमा फसेको बताएका छन्।

‘नेतृत्व दुई खाले हुन्छ एउटा महामारीका बेला राज्यका सबै सयन्त्र परिचालन गर्ने, जनताको जीवनप्रति संवेदनशील हुने र तथ्यका आधारमा काम गर्ने। अर्को चामत्कारिक क्षमता छ भनेर विश्वास गर्ने, नागरिकलाई अलमलाउने आफू पनि अलमलिने, विज्ञान तथ्य केही नमान्ने,’ संसदीय दलको बैठकपछि उनले भने,‘दुर्भाग्यवश हाम्रो नेतृत्व दोस्रो प्रकृतिमा पर्‍यो।’

आफू र जनतालाई सँधै भ्रमित गर्ने काम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण अहिले कोरोना महामारी भयावह बन्दै गएको उनले बताए।

अहंकार र अकर्मण्यताले पालेका प्रधानमन्त्रीले कोरोना महामारीबाट नागरिकको जीवन रक्षाका लागि ध्यानै नदिएको थापाले आरोप लगाए।
‘मेरो प्रधानमन्त्रीसँग अहंकार र अक्षमता छ। यो दुवैकाे संयोगले अकर्मण्य नेतृत्वलाई जन्म दिन्छ। उहाँसग योग्यतै छैन,’ उनले थपे,‘योग्यता नभएको बेला उहाँ अहंकारले दबिनु भएको छ।’

मुलुकमा कोरोना संक्रमण बढिरहे पनि प्रधानमन्त्री ओलीले दलहरूलाई एकै ठाउँमा ल्याएर अगाडि बढ्न नसकेको थापाले बताए।

‘जतिबेला संक्रमण बढिरहेको थियो उहाँले राजनीतिक खिचातानी छोडेर दलहरूलाई एक ठाउँमा बोलाउनै चाहनु भएन, त्यस्तै परे युद्ध पनि बिराम हुन्छ,’ उनले भने,‘तर, उहाँले अन्य दलहरूको सहयोग नै लिनु चाहनु भएन।’

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक गरेर सहयोग लिएको अहिले अवस्था पक्कै पनि फरक हुने थियो उनको भनाइ थियो।

फरक प्रसंगमा नेता थापाले मुलुकमा राजनीतिक अस्थिरता निम्त्यिाउने मूल जडो प्रधानमन्त्री ओली रहेको आरोप लगाए।

‘यस्तो महामारीका बेला संख्या पुगे पनि कुनै दलले अविश्वास प्रस्ताव दर्ता गराउँदनथ्यो होला, उहाँ विश्वासको मत लिन खोजिरहनु भएको छ,’ थापाले भने,‘कर्णाली र लुम्बिनीहुँदै अहिले यहाँसम्म आइपुग्नु भएको छ।’

२७ गते विश्वासको मत लिन संसदको अधिवेशन बोलाएर संवैधानिक परिषद अध्यादेशमार्फत मान्छे नियुक्त गर्न खोजिएको भन्दै उनले प्रधानमन्त्रीको अलोकतान्त्रि चरित्र उदांगो भइसकेको जिकिर गरे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन दुई कम्युनिस्ट घटक अहिले झापामा तछाडमछाड गरिरहेका छन्। झापा क्षेत्र

मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि