देउवाले भने-अविश्वास प्रस्ताव ल्याउँछौं


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बताएका छन्।

नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा संसदीय दलको बैठकबाट बाहिरिएिका देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

‘विश्वासको पक्षमा मत दिने कुरै भएन,’ देउवाले भने, ‘अविश्वास प्रस्ताव ल्याउने तयारी पनि भइरहेको छ। परिस्थिति बनेपछि त्यो पनि आउँछ।’

त्यसअघि संसदीय दलको बैठकमा सभापति देउवाले वैशाख २७ गते विश्वासको प्रस्ताव विफल पारेर आफ्नै नेतृत्वको सरकारका लागि पहल भइरहेको सांसदहरूलाई सुनाएका थिए।

विश्वासको प्रस्ताव विफल भएपछि लुम्बिनीकै ढाँचामा पुनः प्रधानमन्त्री बनेर ओलीले प्रतिनिधिसभा विघटन गर्न सक्ने उनको आशंका छ।
‘विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्रीले लुम्बिनी जस्तै फेरि आफ्नै नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना छ,’ संसदीय दलको बैठकमा देउवाको भनाइ उदृत गर्दै एक सांसदले भने,‘त्यसैले अविश्वासको मत पनि दर्ता गराउने बारे छलफल अगाडि बढेको छ।’

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस, माओवादी केन्द्र र जसपा (बाबुराम–उपेन्द्र) पक्ष सहमत रहे पनि पछिल्लो समय एमाले एकताका लागि सुरू भएको प्रयासपछि उनीहरू वरिष्ठ नेता माधवकुमार नेपालप्रति सशंकित बनेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न