विश्वासको मत विफल बनाएर आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय


विचार
आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत


काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मत विफल पार्ने निर्णय गरेको छ। शनिबार प्रतिनिधिसभा भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत विफल पार्ने निर्णय गरेको हो।

यसअघि केही दिनअघि बसेको कांग्रेस पदाधिकारी बैठकले विश्वासको मतको विपक्षमा जाने निर्णय गरेको थियो।

यसका साथै कांग्रेस संसदीय दलको बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने विषयमासमेत छलफल भएको छ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेपछि लुम्बिनीजस्तै फेरि आफ्नै नेतृत्वमा सरकार बनाउनसक्ने आशंका कांग्रेसको छ।

त्यसैले वैशाख २७ गते नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी उसले गरेको।

‘विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्रीले लुम्बिनी जस्तै फेरि आफ्नै नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना छ,’ संसदीय दलको बैठकमा देउवाको भनाइ उदृत गर्दै एक सांसदले भने,‘त्यसैले अविश्वासको मत पनि दर्ता गराउनेबारे छलफल अगाडि बढेको छ।’

अविश्वास प्रस्ताव दर्ता गराउने विषयमा माओवादी केन्द्र, जसपा र एमालेका वरिष्ठ नेता माधव नेपाल लगायतसँग छलफल चलिरहेको देउवाले बैठकमा सुनाएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले