माधव नेपालको ‘मूभ’ कुर्दै देउवा र प्रचण्ड


विचार
आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको

आयोमेल संवाददाता
हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको


काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते लिन लागेको अविश्वास प्रस्ताव विफल बनाउन कसरत गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्र एमालेकाे नेपाल–खनाल समूहको पछिल्लो ‘मूभ’ बाट झस्किएका छन्।

सत्तारुढ एमालेभित्र भइरहेको एकताका प्रयासका लागि नेता नेपालका साथै उनीपक्षीय दोस्रो तहको नेताहरूको सक्रियताबाट कांग्रेस र माओवादी सशंकित बनेका हुन्।

विश्वासको मत विफल भइदिँदा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गर्न सक्ने आशंका कांग्रेस र माओवादी केन्द्रको छ। त्यसैले उनले त्यो कदम चाल्नुअगावै प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गराइ राख्नुपर्ने बुझाइ दुवै दलको छ।

ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष शेरबहादुर देउवाबीच सहमति भइसके पनि नेपाल–खनाल समूहको ‘मुभ’ ले उनीहरू सशंकित बनेका छन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले अविश्वास प्रस्तावमा समर्थन गर्ने जनाइसकेका छन्।

‘एमाले संसदीय दल विभाजित नहुँदा अविश्वास पारित हुन सक्ने अवस्था छैन,’ देउवानिकट एक नेताले भने,‘माधवजीहरूको मूभ कस्तो हुने हो त्यसपछि मात्रै राजनीतिक कोर्सबारे केही टुंगो लाग्न सक्ला।’

एमालेभित्र एकताको प्रयास सुरू हुनु अघिसम्म नेपाल–खनाल पक्षीय नेताहरू जसरी पनि प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मत विफल बनाउनुपर्ने रणनीति लिएका थिए।

र, त्यसका लागि ‘फ्लोर क्रस’ वा राजीनामा गर्नुपर्ने अवस्था आए पनि नहट्ने उनीहरूले बताएका थिए।

नेपाल–खनाल क्याम्पभित्र सामूहिक राजीनामाको बहससमेत भएको छ। यद्यपि नेपाल–खनाल समूहका नेताहरूले त्यसलाई खण्डन गरेका छन्।

‘प्रधानमन्त्रीले विश्वासको मत लिँदा उहाँहरूले ‘फ्लोर क्रस’ गर्ने भनिरहनु भएको छ’ कांग्रेसका ती नेताले भने,‘त्यसको केही ग्यारेन्टी भएन नि। प्रधानमन्त्रीबाट ओलीजीलाई हटाउनै पर्ने हो भने उहाँहरूले भनेजस्तो राजीनामा गर्नु पर्‍यो।’

ती नेताका अनुसार शनिबार बस्ने संसदीय दलको बैठकमा प्रधानमन्त्रीले लिन लागेको विश्वास प्रस्ताव र उनीविरुद्ध दर्ता गर्ने भनिएको अविश्वास प्रस्तावबारे छलफल हुनेछ।

प्रधानमन्त्री ओली आफैं बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति देउवासँग विश्वासको मत दिएर सहयोग गर्न आग्रह गरेका थिए।

तर, देउवाले सहयोग नगर्ने जवाफ दिएपछि ओलीले वैशाख २७ पछि मुलुकको राजनीतिबारे विचार गर्दै सहकार्यका लागि प्रस्ताव गरेका थिए।

देउवाले उनको त्यो प्रस्ताव पनि अस्वीकार गरे।

त्यसको भोलिपल्ट वरिष्ठ नेता नेपाल बूढानीलण्ठ पुगेर देउवासँग भेटवार्ता गरेका थिए। दुबै नेताबीच विश्वासकाे मत विफल बनाउने विषयमा छलफल भएको थियो।

शुक्रबार देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ।

कांग्रेस र माओवादी केन्द्रले राजीनामा कुरिरहे पनि एमाले अध्यक्ष ओली र नेपाल–खनाल समूह पार्टी एकताको अन्तिम प्रयासमा जुटेका छन्।

दुवै पक्षका नेताहरू पार्टी एकताका लागि सहमतिका बिन्दु खोज्न पछिल्लो तीन दिनदेखि लगातार सम्वाद गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले

भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका रुपमा परिचित हुँदैथियो। साँझ पर्नेबित्तिकै झिलिमिली हुने यो बजार असार